पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ « Khabarhub

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई निर्वाचन आयोगले आधिकारिकता नदिए देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्ररका सम्मेलनमा बोल्दै उनले कांग्रेसको सबै शक्ति उतारे वडा र टोलसम्मै आन्दोलन गर्ने बताएका छन् ।

‘विशेष महाधिवेशन पूर्णत: अवैधानिक र विखण्डन ल्याउने थलो हो’, उनले भने, ‘कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेर मात्रै त्यो भेला हुन सक्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि केन्द्रीय कार्यालयले त्यसलाई कार्यान्वयन गर्ने हो । त्यसैले महामन्त्रीहरूले केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउन सक्दैनन् ।’

उनले वैशाखका लागि नियमित महाधिवेशन तोकिसकेको अवस्थामा महामनन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अवैधानिक रुपमा भेला गरेर पार्टी फुटाउने काम गरेको पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली