पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ « Khabarhub

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई निर्वाचन आयोगले आधिकारिकता नदिए देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्ररका सम्मेलनमा बोल्दै उनले कांग्रेसको सबै शक्ति उतारे वडा र टोलसम्मै आन्दोलन गर्ने बताएका छन् ।

‘विशेष महाधिवेशन पूर्णत: अवैधानिक र विखण्डन ल्याउने थलो हो’, उनले भने, ‘कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरेर मात्रै त्यो भेला हुन सक्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेपछि केन्द्रीय कार्यालयले त्यसलाई कार्यान्वयन गर्ने हो । त्यसैले महामन्त्रीहरूले केन्द्रीय कार्यसमितिको निर्णय उल्ट्याउन सक्दैनन् ।’

उनले वैशाखका लागि नियमित महाधिवेशन तोकिसकेको अवस्थामा महामनन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अवैधानिक रुपमा भेला गरेर पार्टी फुटाउने काम गरेको पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  २ : ५९ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र