पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, एकै दिन ५ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, एकै दिन ५ जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको छ । पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले दिएका जानकारी अनुसार मुलुकको पूर्वी प्रान्त पञ्जाबमा पछिल्लो समयमा डेंगुको प्रकोप बढेको पाइएको छ ।

पञ्जाबमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ । पञ्जाब प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजारभन्दा धेरै सङ्क्रमित भएका पाइएको छ ।

यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पु¥याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरबारबिहीन भएका छन् ।

बाढीपछिको फोहोर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण पाकिस्तानमा डेँगुको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको पाकिस्तानको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ३८ बजे

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट