पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, एकै दिन ५ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, एकै दिन ५ जनाको मृत्यु


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको छ । पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले दिएका जानकारी अनुसार मुलुकको पूर्वी प्रान्त पञ्जाबमा पछिल्लो समयमा डेंगुको प्रकोप बढेको पाइएको छ ।

पञ्जाबमा मात्र आइतबार चार जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सिन्ध प्रान्तमा अर्का एकजनाको ज्यान गएको छ । पञ्जाब प्रान्तमा मात्र २४ घन्टायता दुई सयभन्दा बढी व्यक्तिमा डेँगुको सङ्क्रमण भएको पाइएको छ । सिन्धमा पनि यसको प्रकोप बढेको पाइएको छ ।

करिब तीन महिना यतादेखि बढेको यो सङ्क्रमणबाट यस वर्षमात्र सिन्ध प्रान्तमा १६ हजार जनाभन्दा बढी सङ्क्रमित भएका छन् । साथै सिन्ध प्रान्तमा पनि यो सङ्क्रमणबाट १९ हजारभन्दा धेरै सङ्क्रमित भएका पाइएको छ ।

यस वर्षको मनसुनी वर्षाले पाकिस्तानमा ठूलो क्षति पु¥याएको थियो । दशौँ लाख मानिस प्रभावित भएका थिए भने लाखौँ जना घरबारबिहीन भएका छन् ।

बाढीपछिको फोहोर र बाढी प्रभावित नागरिकको अव्यवस्थित बसाइका कारण पाकिस्तानमा डेँगुको प्रकोप बढेको बताइएको थियो । तर अहिले पनि सो प्रकोप नघटेको पाकिस्तानको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ३८ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी