निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह | Khabarhub Khabarhub

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भरतपुर- नेत्रहीन युवा सङ्घ नेपाल चितवनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त निर्वाचन गराउन माग गरेको हो ।

मतदान स्थल, मतदाता शिक्षासमेत अपाङ्गता मैत्री बनाउन संस्थाका अध्यक्ष भूपराज पाठकले सरोकारवालालाई आग्रह गरेका छन् । ‘यसअघिका निर्वाचन अपाङ्गता मैत्री हुन सकेको छैन ।अहिलेको निर्वाचनमा मतदान स्थलमा ह्विलचियर जान मिल्ने व्यवस्था गर्नुपर्दछ, दृष्टिविहीनका लागि दृष्टिविहीन मैत्री निर्वाचन क्षेत्र र न्यून दृष्टिविहीन भएकाहरूलाई ठूलो आकारको मतपत्रसँगै उज्यालो ठाउँमा मत सङ्केत गर्ने व्यवस्था हुनुपर्दछ’, उनले भने, ‘सुस्तश्रवणहरुका लागि निर्वाचन आयोगले बनाएको नियमानुसार दोभासेको व्यवस्था गरी पहुँचयुक्त मैत्री निर्वाचन गरिनुपर्दछ ।’ निर्वाचन आयोग तथा राजनीतिक दलहरू पनि यसतर्फ सचेत हुनुपर्ने उनले बताए ।

अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन र अपाङ्ग मैत्री निर्वाचन गराउन नेत्रहीन युवा सङ्घले चितवनमा विभिन्न कार्यक्रम गरी दबाब दिइरहेको छ । राजनीतिक दलहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच र सहभागिताका लागि जिल्लाका सक्रिय राजनीतिक दललाई ज्ञापन पत्र बुझाएको संस्थाका सचिव किरण पन्तले जानकारी दिए । उनका अनुसार, मतदान स्थललाई अपाङ्गता मैत्री बनाउन निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराइएको छ ।

पर्यवेक्षकका रूपमा अपाङ्गता भएका व्यक्तिको सहभागिता गराउन कास्की, रूपन्देही र चितवनका ३३ जनालाई प्रशिक्षण दिइएको पन्तले जानकारी दिए । तालिम प्राप्त २५ जना प्रशिक्षकमार्फत अपाङ्गता भएका व्यक्ति तीन सय २५ घरधुरीका एक हजार पाँच सयभन्दा बढीलाई मतदाता शिक्षा प्रदान गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा नमुना मतदान गरिएको उनले जानकारी दिए ।

नमुना मतदानमा शत प्रतिशत मत सदर भएका थिए । यस्ता कार्यक्रमले निर्वाचनबारे सकारात्मक सन्देश जाने र मतको सही सदुपयोग हुने विश्वास संस्थाले लिएको छ ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ५ : ३४ बजे

मेरो माइक्रोफाइनान्सले साढे ७ प्रतिशत बोनस दिने

काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ८ प्रतिशत

घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु

दमौली – यहाँको देवघाट गाउँपालिका–५ स्थित घिनटार–टाउनचोक–देवपुर सडक कालोपत्र सुरु

प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य

ग्रामीण महिलाको आयआर्जनको माध्यम बन्दै कोदो

गलेश्वर – म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ की हिमा छन्त्यालले यस वर्ष

दिगो विकास लक्ष्यमा उल्लेख्य प्रगति : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका