अफगानिस्तानको अर्थतन्त्र यो वर्ष झन् संकुचित हुने विश्व बैंकको प्रक्षेपण « Khabarhub

अफगानिस्तानको अर्थतन्त्र यो वर्ष झन् संकुचित हुने विश्व बैंकको प्रक्षेपण


२१ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बैंकले अफगानिस्तानको अर्थतन्त्र यो वर्ष अझ संकुचित हुने प्रक्षेपण गरेको छ । विश्वबैंकले सार्वजनिक गरेको विकास प्रतिवेदनमा सन् २०२२ मा अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा अझ संकुचन हुने प्रक्षेपण गरेको हो ।

खामाप्रेसका अनुसार सन् २०२१ र २०२२ मा अफगानिस्तानको अर्थतन्त्रमा ३०–३५ प्रतिशतको संकुचन देखिएको छ ।

अफगानिस्तानका लागि विश्व बैंककी निर्देशक मेलिन्डा गुडले अफगान व्यापारमा केही स्थीरता र सहनशीलता देखिएपनि मुलुकले विशाल सामाजिक एवम् आर्थिक चुनौतीको सामना गरिरहेकोले यसबाट अफगान जनता खासगरी महिला, बालिका र अल्पसङ्ख्यकलाई प्रभावित बनाइरहेको टिप्पणी गरेकी छिन् ।

पछिल्ला केही महिनामा जीवनस्तरमा केही सुधार देखिएपनि मुलुकभर बञ्चितीकरणको ठूलो समस्या देखिएको उनको भनाइ छ । मुलुकमा कायम उच्च मुद्रास्फीतिबाट अझ ठूलो समस्या उत्पन्न भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३९ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न