‘प्रतिरोधात्मक क्षमता कम हुनेमा मौसमी फ्लू छिटो सर्छ’ | Khabarhub Khabarhub

‘प्रतिरोधात्मक क्षमता कम हुनेमा मौसमी फ्लू छिटो सर्छ’

रोग प्रतिरोधात्मक क्षमता बढाउन उसिनेको अण्डा खाने



चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्याले सताउने गरेका छन् । जसले गर्दा अस्पतालमा बिरामीको चाप बढिरहेको छ । संसारमा धेरै लाग्ने समस्या भनेर रुघाखोकीलाई लिइएको चिकित्सकको भनाइ छ । रुघाखोकीलाई भाइरसको कारणले लाग्छ भनिएता पनि अरू कारणले पनि आउने चिकित्सकको भनाइ छ । यसै विषयमा आधारित भएर जनरल फिजिसियन डा. चन्दन ठाकुरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

चिसो मौसममा हुने मौसमी रुघाखोकीलाई हामीले कसरी बुझ्ने ?
मौसम बदलिने बेला हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति भन्दा भाइरसको सङ्क्रमण बढी हुन्छ र ब्याक्टेरिया पनि सङ्क्रमण हुन्छ ।

यो सबैलाई एउटै प्रकारले लाग्ने हो कि फरक हुन्छ ?
यसलाई हाम्रो मेडिकल भाषामा सिजनल फ्लु पनि भनिन्छ यो धेरै भाइरसको कारणले हुन्छ । त्यसैले खानपानमा ध्यान दिएर यो मौसमी फलफूलहरूको सेवन जस्तोः सुन्तला, कागती पानी र महको सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ ।

यो एकबाट अर्कोमा कसरी सर्छ त ?
यो मौसमी रुघाखोकी को बेलामा जो कोहीले पनि अरूको अगाडि बस्दा मास्कको प्रयोग गर्ने, हाछ्यू गर्दा मुख छोप्ने यसरी अरूमा सर्नसक्ने सम्भावना निकै कम भएर जान्छ । सङ्क्रमितले अरूको सामान प्रयोग नगर्ने । धेरै भिडभाडमा नजाने । जो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता कम छ उसमा यो छिटो सर्छ ।

रुघाखोकीसँग मिल्दो जुल्दो अरू समस्या पनि देखिन्छन्, यो मौसमी फ्लु नै हो भनेर कसरी थाहा पाउने ?
यसमा सबैभन्दा पहिला ज्वरो १०० डिग्री भन्दामाथि जाँदैन । यसका लक्षणहरू आँखा रसाउने नाकबाट पानी बग्ने, खोकी लाग्ने हुन्छ । र रगतको जाँच गरेर पनि थाहा हुन्छ ।

मौसमी रुघाखोकी लाग्दा घरमा के गर्ने त ?
यो कसैलाई ३ देखि ५ दिनसम्म रहन्छ र कसैलाई ७ दिनसम्म पनि रहन्छ । त्यस्तो भयो भने, झोलिलो खाना खाने, सुन्तला खाने,फ्रिजमा भएका खाना नखाने गर्दा यो आफै हराएर जान्छ । यो ५ दिन भन्दा बढी लम्बियो भने तुरुन्त अस्पताल गएर परामर्श लिनुपर्दछ ।

कस्तो अवस्थामा अस्पताल जाने ?
श्वास फेर्न निकै गार्हाे भयो । खकारमा रगत देखा पर्याे । मुटुको ढुकढुकी बढ्यो भने तुरुन्त अस्पतालमा गएर रगत र खकारको जाँच गर्नुपर्दछ ।

यस्तो समस्या हुँदा आफू खुसी मेडिकल गएर औषधि खाँदा पछि के असर गर्दछ ?
यस्तो बेला रुघाखोकी लागेको छ भने हामीले सिटामोल खाने भन्छौ । यदि कुनै मान्छेमा ज्वरो आएको छ भने प्लेन प्यारा सिटामोल भन्दा बाहेक अरू औषधि नखाने त्यसले उल्टो असर गर्नसक्छ । झोलिलो खानेकुरा खाने, जथाभावी औषधि खायो भने पछि कडा औषधिको प्रयोग गर्नु पर्दछ ।

आफूखुसी औषधि खाँदा अरू औषधिले काम गर्दैन भनिन्छ यसको वास्तविकता के हो ?
हरेक औषधिको समय र कति मात्रामा खाने भन्ने हुन्छ । कुनै औषधिको मात्र पुगेन भने हाम्रो शरीरभित्र भएका किटाणुहरु मर्दैनन् र पछि त्यही औषधि खाँदा त्यो किटाणु मर्दैनन् । त्यसैले जथाभावी औषधि खानु हुँदैन ।

यो रोग जँचाएर औषधि खाइरहेकाले के के कुरामा ध्यान दिने त ?
रुघाखोकी भनेको भाइरसको कारणले हुने हो । त्यसैले यसमा यान्टिबायोटिकको प्रयोग नगर्ने, झोलिलो खाना खाने, सिटामोल खाँदा यो आफै निको हुन्छ र भएन भने चिकित्सकको सल्लाहमा अरू औषधि खानु परे खान सकिन्छ ।

यस्तो समस्या नै नआओस् भनेर के के कुरामा ध्यान दिने ?
रोग प्रतिरोधात्मक क्षमता बढाउने त्यसमा उसिनेको अण्डा खाने, त्यसमा ४० वर्ष कटेकाले अण्डाको सेतो भाग मात्र खाने, स्याउ र सुन्तला खाने, बासी खाना नखाने । पानी मनतातो बनाएर खाने ।

एउटा जनरल फिजिसियन भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ?
बिहान ३० देखि ६० मिनेट जति घाममा बस्ने, कागतीको सेवन गर्ने, चिसोबाट बच्ने र मौसमी फलफूलको सेवन गरेर मौसमी रुघाँखोकिबाट बच्न सकिन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : २७ बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा (पूर्णपाठ)

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र