निर्माण व्यवसायीले बुझाए कार्य प्रगति विवरण « Khabarhub

निर्माण व्यवसायीले बुझाए कार्य प्रगति विवरण


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेबाट राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम गरिरहेको भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले प्रगति विवरण पेश गरेको हो ।

भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले यही मङ्सिर १६ देखि अगामी पुस १३ गतेसम्म गर्ने कार्यविवरण पेश गर्नुभएको नगरपालिकाले जनाएको छ । भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले मङ्सिर १६ गतेदेखि हप्ता दिनसम्म सवबेस मर्मत गर्ने, बेस क्रसर उत्पादन गरी बेस बोक्ने, बेस फिजाउने र चार किलोमिटरमा डिबीएसटी (पिच)को काम सुरु गर्ने कार्यविवरण पेश गरेको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले गत कात्तिक ३ गते पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्वद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगति, मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । उदयपुरको गाईघाट–दिक्तेल सडकखण्डको खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन-सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङबाट फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले लिएको हो ।

दुवै सडकखण्डको कालोपत्रको काममा निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले विवरण पेश गर्न निर्देशन दिइएको उनले बताए । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी तराईका विभिन्न सहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो ।

विवरणमा विविध कारणले कालोपत्रका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ । भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा विसं २०७३ असार ३० गते योजनाको सम्झौता गरेको थियो । रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशतमात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : १२ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले