निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह « Khabarhub

निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रसुवा – स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ। स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असुली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा सो अनुरोध गरिएको हो।

रसुवामा स्थायी लेखा नम्बर लिएपछि विवरण नबुझाइ तोकिएको शुल्कसमेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन मङ्गलबार कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा रसुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुप्साङ तामाङ र चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले राज्यलाई तिर्नुपर्ने कर दस्तुर समयमै तिर्न स्थानीय व्यापारी व्यवसायीलाई जागरुक गराउने कार्यमा सहयोग गर्ने बताए।

सो अवसरमा सामाजिक सङ्घसंस्था एवं गैरसरकारी संस्थाले किसानलाई पशुपालन, तरकारी खेती, साना घरेलु उद्योगजस्ता कार्यलाई अनुदान दिने बहानामा स्थायी लेखा नम्बर बनाउन लगाई बेवस्ता गरेको सहभागीले गुनासो गरेका थिए।

स्थायी लेखा नम्बर प्राप्त गर्ने अधिकांश करदाताले अनुदानसमेत नपाएको र प्रयोगविहीन भइरहेको जनाएका थिए। स्थायी लेखा नम्बर आन्तरिक राजस्व कार्यालयद्वारा करदाता शिक्षाको प्राप्त ज्ञानले भावी दिनमा खारेज वा उपयोग गर्ने भन्ने विषयमा जागरण बढेको समेत सहभागीहरूले बताएका छन्।

जिल्लाको पाँचवटै गाउँपालिकामा सडक सञ्जाल जोडिएको र गाउँघरमा समेत व्यवसाय सञ्चालन भइसकेकाले सबै व्यवसायीलाई करको दायरामा आउन कार्यालयले गरेको छ। कर अधिकृतद्वय देवीप्रसाद भण्डारी र शिवहरि न्यौपानेद्वारा आयकर, ऐन, मूल्य अभिवृद्वि कर ऐन तथा अन्तःशुल्क ऐेन तथा सो सम्बन्धी नियमावलीका विषयमा करदातालाई प्रशिक्षण दिएका थिए।

पछिल्लो समय पर्यटकीय क्षेत्र लाङ्टाङ तथा तामाङ सम्पदा मार्गको गतलाङ र तातोपानी क्षेत्रको पर्यटकीय गन्तव्यमा व्यवसायी कारोबार बढेको छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ९ : ०८ बजे

५४ वर्षसम्म पनि स्तरोन्नति नहुँदा डुम्रे–बेँसीसहर सडकमा कष्टकर यात्रा

लमजुङ- डुम्रेदेखि बेँसीसहर जोड्ने ४२ किलोमिटर सडक मार्ग खुलेको ५४ वर्ष

मल वितरण प्रभावकारी, १९ दिनमै ४० हजार ५६९ मेट्रिकटन आपूर्ति

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ तीव्र बनेको छ।

धान रोपाइँमा सुस्तता, असार २२ सम्म देशभर ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न

काठमाडौं– नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा पठाइयो

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका

अमेरिकी फुटबल स्टार बालोगुनको प्रतिबन्ध स्थगित, युइएफएद्वारा फिफाको आलोचना

लुसान- अमेरिकी फुटबल स्टार फोलारिन बालोगुनलाई रातो कार्डपछि स्वतः लाग्ने एक