फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरको ३५ दिने अल्टिमेटम | Khabarhub Khabarhub

फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगरको ३५ दिने अल्टिमेटम


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ।

महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न भनेको छ।

सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको महानगरपालिकाको ठहर छ। ‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो,’ महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ,’फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा ऐ. नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैं व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला।’

३५ दिनभित्र फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिवाना गरिने समेत चेतावनी महानगरपालिकाले दिएको छ। फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ४० बजे

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२

हजार वर्ष पुरानो ‘गाउँ पूजा’, संस्कार जोगाउन युवा सक्रिय

बागलुङ–  अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा

जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय थप

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर