लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो, दोस्रोमा कांग्रेस « Khabarhub

लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो, दोस्रोमा कांग्रेस


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ – प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ। समानुपातिकमा नेकपा एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभातर्फ सबै भन्दा बढी मत प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार लमजुङमा प्रतिनिधि सभातर्फ नेकपा एमालेले ३१,१७८ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७,७९६ मत प्राप्त गरेको छ। निर्वाचनमा भाग लिएका कूल ४७ वटा राजनीतिक दल मध्ये ४ महिना अघि स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई समेत उछिन्दै तेस्रो स्थान बनाएको छ। स्वतन्त्र पार्टीले ८,२१७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रले ६,४८३ मत मात्र पाएको छ।

निर्वाचन परिणाम अनुसार चौथोस्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थान बनाएको छ। उसले २,३०८ मत पाएको छ। पाँचौं स्थानमा आएको नेकपा एकीकृत समाजवादीले ५८२ मत प्राप्त गरेको छ।

लमजुङका दुवै प्रदेश सभातर्फ प्रत्यक्षमा पराजय ब्यहोरे पनि समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार नेकपा एमालेले प्रदेशतर्फ प्रतिनिधिसभा भन्दा पनि बढी मत अर्थात ३२,८०६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ भन्दा कम अर्थात २६,७८३ मत पाएको छ। तेस्रो स्थान बनाएको नेकपा माओवादी केन्द्रले ८,४१४ मत पाएको छ। प्रदेशमा माओवादीले पनि मत बढाएको छ। चौथो स्थान प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २,८३२ मत पाएको छ भने पाँचौ स्थान बनाएको नेकपा एकीकृत समाजवादीले १,१५३ मत पाएको छ।

निर्वाचनमा प्रदेशतर्फ समानुपातिकमा ३१ दल सहभागी भएका थिए।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ५५ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले