छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना « Khabarhub

 छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । स्थानीय किसानले खेतबारी नै नष्ट हुन थालेपछि सो क्षेत्रका छाडा पशु एकत्रित गरेर नगरपालिका कार्यालय परिसरमा हुलेपछि विवाद सिर्जना भएको हो ।

बेदकोट–६ मा रहेको गौशालामा व्यवस्थापन नगरेर छाडा छाडिएको भन्दै तीन दिनदेखि स्थानीय आन्दोलित छन् । कञ्चनपुरका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाको राजमार्ग क्षेत्रमा छाडा पशु व्यवस्थापन नहुँदा नै सडक दुर्घटना पनि बढिरेहको छ । यहाँका पालिकले पशु व्यवस्थापनका लागि करोडौँ रकम खर्च गरे पनि दिगो व्यवस्थापन हुनसकेको छैन् ।

त्यसैगरी पशु व्यवस्थापन विवाद भइरहेका बेला बेदकोट–३ उत्तरी चुरे क्षेत्रमा केही चौपाया गाडिएको अवस्थामा भेटिएपछि उक्त विवाद थप पेचिलो बन्दै गइरहेको छ । आज पनि गौसंरक्षण क्षेत्रमा सक्रिय विभिन्न सङ्घ-सङ्गठनले नगरपालिका कार्यालय अगाडि विरोध गरिरहेका छन् ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बेदकोटमा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विरोध भइरहेको र सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताए।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ३१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा