'सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ' | Khabarhub Khabarhub

‘सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ’


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताए । 

‘अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ’, उनले भने। पछिल्लो समयमा मुलुकलाई राजनीतिक स्थिरता चाहिएको उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार मुलुकले विकास र समृद्धिको गतिलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री कार्कीले भने, ‘दश वर्षभित्रमा कम्तीमा दक्षिण एसियाका सम्पन्न देशहरुमध्येमा नेपाललाई पनि पुर्‍याउने हाम्रो दायित्व हो, अबको पुस्ता आगामी १० वर्षभित्रमा धनी पुस्ता बनाउन हामी सबैले आ-आफ्नो ठाउँबाट इमान्दारिताका प्रतिबद्धता भएर काम गर्नुपर्नेछ, हामीसँग भएको जलस्रोत, पर्यटन, कृषि लगायतका स्रोतसाधनलाई अवसरका रुपमा अधिकतम उपयोग गरेर देशको सर्वाङ्गीण विकासका निमित्त अर्जुन दृष्टि लगाएर अगाडि बढ्नुपर्नेछ ।’ त्यो दायित्व केवल राजनीतिक तहबाट मात्रै गरेर पूरा हुनसक्ने र त्यसका निमित्त स्थायी सरकार हुनुपर्ने उनको भनाइ थियो । 

मन्त्री कार्कीले संविधान जारी भएपछि प्रतिनिधिसभाको दोस्रो निर्वाचन सम्पन्न भएको सन्दर्भमा उल्लेख गर्दै आगामी पाँच वर्षभित्रमा जनताका अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । सुनसरी निर्वाचन क्षेत्र नं ४ का जनताले विश्वासका साथ दिएको मत र प्रतिबद्धता पूरा गर्न आजकै दिनदेखि लाग्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे। उनले सञ्चार मन्त्रालयले जनताका निम्ति अहिलेसम्म गरेका कामको समीक्षा गर्दै मन्त्रालयलाई अझ प्रभावकारी रुपमा समाजमा उपस्थित गराउने दायित्व पूरा गर्ने बताएका छन् ।  

‘सञ्चार मन्त्रालयबाट गर्नुपर्ने केही काम उत्साहका साथ गर्नुपर्ने आवश्यकता छ, त्यसतर्फ ध्यान दिन मन्त्रालय मातहतका निकायहरु लाग्नुपर्नेछ’, उनले भने। मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जनताको मत जित्दै सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएकामा बिदाइ तथा शुभकामना व्यक्त गरे । 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १ : ४० बजे

परीक्षाको खराब नतिजा- शिक्षक नै बढी दोषभागी

सरकारले शिक्षा क्षेत्रमा जतिबेला निरन्तर मूल्याङ्कन प्रणाली राख्यो- त्यो बेला

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बैंकिङ क्षेत्रमा निक्षेप ६३ खर्ब नाघ्यो, ऋण प्रवाह साढे ५१ खर्बमा सीमित

काठमाडौं– बैंक तथा वित्तीय संस्थामा निक्षेप वृद्धिको अनुपातमा ऋण प्रवाहमा

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाइ

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा

मुखमा कालो टेप टाँसेर रास्वपा महामन्त्री केन्द्रीय समिति बैठकमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी