‘चोलेन्द्रविरुद्धको महाअभियोग जीवितै छ’ « Khabarhub

‘चोलेन्द्रविरुद्धको महाअभियोग जीवितै छ’


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग जीवितै रहेको बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अब गठित अर्को प्रतिनिधिसभामा छलफल हुने विषय जीवितै छ,’ कार्कीले भने, ‘यो महाअभियोग सार्वभौमसम्पन्न संसद्को सम्पत्ति हो। यसको छलफल अब आउने प्रतिनिधिसभामा छलफल भएर एउटा निर्णयमा पुग्छ।’

बुधबार मात्र संघीय संसद्का महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन् । राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना दिन थालेका छन् । 

गत फागुन १ मा २१ बुँदे आरोप लगाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले महाभियोग दर्ता गराएका थिए।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ३ : ३१ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको