सेयर बजारमा १६.६१ अंकको गिरावट  « Khabarhub

सेयर बजारमा १६.६१ अंकको गिरावट 


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। सेयर कारोबारमापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ।  मंगलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो ।  

बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा सानिमा शीर्ष स्थानमा छ। यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिभम् सिमेन्ट र तेस्रोमा नविल बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। कारोबारमा खप्तड लघुवित्त वित्तिय संस्था ६.०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५.१५ प्रतिशतले बढेको छ। 

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ३ : ५० बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र