आगलागी हुँदा १८ लाख बढीको क्षति | Khabarhub Khabarhub

आगलागी हुँदा १८ लाख बढीको क्षति


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।

‘बसको किस्ता तिर्नका लागि राखेको नगद रु चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो’, उनले भने, ‘गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जलेर नोक्सानी भएको छ ।’ घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन् । 

महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको वडाध्यक्ष उत्तरदेव भट्टले बताए । घरमा आगलागी भई कति क्षति भयो भन्नेबारे प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको उनले बताए । आगलागी भएको खबर पाइएपछि समयमै नियन्त्रण गरिँदा पूरै घर आगलागी हुनबाट जोगिएको उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : ५५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को