नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य « Khabarhub

नामिबियाद्वारा नेपाललाई २७६ रनको लक्ष्य


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नामिबियामा जारी आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आयोजक नामिबियाले नेपाललाई ठूलो लक्ष्य प्रदान गरेको छ । खेलमा टस जितेर बलिङ रोजेको नेपालको बलिङ चल्न नसकेपछि नेपालले २७६ रनको लक्ष्य पाएको हो ।

खेलमा ५० ओभर नै मैदानमा टिकेको आयोजक नामिबियाले सात विकेट गुमाएर २७५ रन बनाएको हो । ५ दशमलव ५ को रन रेट राखेको नामिबियाका ओपनर लो धन्द्री लोउरेन्सले १४ र डिवान ला ककले १८ रन मात्र बनाएका थिए ।

खेलमा राम्रो सुरुआत गरे पनि नेपाली बलिङले त्यसलाई निरन्तरता दिन सकेन । आठौं ओभरको पाँचौ बलमा २८ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको नामिबियाले ११ औं ओभरको पहिलो बलमा ३४ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको थियो ।

तेस्रो नम्बरमा मैदानमा आएका मिचेल भान लिन्गेनले भने सतक प्रहार गरे । खेलमा अविजित उनले १११ बलमा १५ चौका र एक छक्काका साथ ११९ रन बनाएका छन् । ७६ बल खेलेका कप्तान गेरहार्ड एरास्मसले ५३ रनको अर्धसतकीय पारी खेलेका थिए। त्यस्तै जान निकोल लोफटी इटोनले पनि ४० रनको योगदान दिए ।

नेपालका लागि आज ललित राजवंशीले उत्कृष्ट फिगरको बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर चार विकेट गिराएका हुन् । नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै सागर ढकालले समान १–१ विकेट लिए । नेपाली खेलाडीले दुई ओभर मात्र मेडन राख्न सकेका छन्। सोमपाल र गुल्सन झाले एकएक ओभर मेडन राखेका थिए ।

नेपाले अहिले ब्याटिङ सुरु गरेको छ । ओपनिङमा अर्जुन साउँदसँगै कुशल भुर्तेल आएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ६ : ०६ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त