सुधारको बाटोमा श्रीलंकाको अर्थतन्त्र « Khabarhub

सुधारको बाटोमा श्रीलंकाको अर्थतन्त्र


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले बुधबार जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।”

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताहरूको सङ्ख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरू लागू गरेको मन्त्रालयले जनाएको छ ।

यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

श्रीलङ्कामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका बस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशब्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ०२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु