हुलाकी सडक निर्माणको माग गर्दै मुसैलीमा चक्काजाम | Khabarhub Khabarhub

हुलाकी सडक निर्माणको माग गर्दै मुसैलीमा चक्काजाम


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा – हुलाकी सडक निर्माणको काम अगाडि बढाउने सहमति भएपछि आज बिहानैदेखि चक्काजाम गरिएको सडक साँझदेखि सञ्चालनमा आएको छ । हुलाकी सडक निर्माणको माग गर्दै मलङ्गवा नगरपालिका–७, मुसैलीका स्थानीयवासीले आज बिहानैदेखि सडक अवरुद्ध गरेका थिए ।

पूर्वसहमतिअनुसार हुलाकी सडकको काम अगाडि नबढाइएको भन्दै स्थानीयवासीले सडक अवरुद्ध गरेपछि ठेकेदारका प्रतिनिधि र स्थानीयवासीबीच सडकको काम अगाडि बढाउने पुनः सहमति भएपछि सडक सञ्चालन गरिएको स्थानीय सुजित यादवले जानकारी दिए ।

अलपत्र अवस्थामा छाडिएको हुलाकी सडकको धुलोले हैरान भएको भन्दै स्थानीयवासीले सडकमा टायर बालेर चक्काजाम गरेका थिए । स्थानीयवासीले पटकपटक आवश्वास पाउँदा पनि हुलाकी सडक कालोपत्र नभएकाले बाध्य भएर चक्काजाममा उत्रनुपरेको स्थानीय सन्तोष महतोले बताए।

“हुलाकी सडक निर्माणका लागि केही दिनअघि ‘नो रोड, नो भोट’को नारा लगाउँदै आन्दोलन गरेका थियौँ, मङ्सिर २१ अघि नै सडकको काम अगाडि बढाउने ठेकेदारले सहमति गरेको थियो”, उनले भने, “ठेकेदारले काम पनि अगाडि बढाएन, अनि नेताले भोट लिएर जितेर गयो, हामी जनता धुलोमा छौँ ।”

केही दिनअघि कौडेना बजारका स्थानीयवासीले हुलाकी सडक निर्माणको माग गर्दै ‘नो रोड, नो भोटको’ नारा लगाउँदै चक्काजाम गरेका थिए । चक्काजाम गरिएपछि कौडेना बजार क्षेत्रलगत्तै सडक कालोपत्र गरिएको थियो । तर हुलाकी सडकको अन्य खण्डको कालोपत्र गरिएको छैन । स्थानीयवासीको प्रदर्शनपछि त्यहाँ सडक कालोपत्रको थोरै काम भएको छ । वर्षौंदेखि जरजर अवस्थामा रहेको हुलाकी सडकमा अहिले कुहिरीमण्डल भएर धुलो उड्दा स्थानीयवासी प्रभावित भइरहेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : ५७ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका