दाङ तुलसीपुरका विद्यालय भोलि (आइतबार)देखि बन्द « Khabarhub

दाङ तुलसीपुरका विद्यालय भोलि (आइतबार)देखि बन्द


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्कमण देखिएपछि तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले भोलि (आइतबार)देखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवर्दधन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए।

शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा विपत् व्यवस्थापन समितिका संयोजक नवराज लामिछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी, विपत् व्यवस्थापन शाखा प्रमुख टोपबहादुर डाँगी, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागिता रहेको थियो । तुलसीपुर क्षेत्रमा सामुदायिक ८३ र निजी विद्यालय ६८ वटा छन् ।

कोरोनाको सङ्क्रमण बढेपछि यसअघि बुधबार नै अश्वारा मावि, गुरु जजुर मावि रक्षाचौर र सेन्टर स्कूल मावि तुलसीपुर बन्द भइसकेका छन्। तुलसीपुरमा बिहिबारसम्म ८४ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : ५५ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको