मेस्सी, लेवान्डोस्की र सलाह फिफा अवार्डको अन्तिम मनोनयनमा « Khabarhub

मेस्सी, लेवान्डोस्की र सलाह फिफा अवार्डको अन्तिम मनोनयनमा


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाह ‘द बेस्ट फिफा पुरुष वर्ष खेलाडी’ अवार्डका लागि अन्तिम तीन खेलाडीमा मनोनित परेको जनाएको छ ।

फिफाले शुक्रबार सार्वजनिक गरेको अवार्ड अन्तर्गत ‘वर्ष पुरुष खेलाडी’का लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गरेको हो । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

वर्ष खेलाडी महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास परेका छन् । महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान पर्दा वर्ष पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर, इडुवार्ड मेन्डी र जियानलुगी डोनारुम्मा परेका भने वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि एरिक लामेला, प्याट्रिक सिच र मेहदी तारेमी शीर्ष तीनमा परेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ४८ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको