लोकगायक राजु परियारलाई सम्मान « Khabarhub

लोकगायक राजु परियारलाई सम्मान


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लोकगायक राजु परियार सम्मानित भएका छन् ।

गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।

एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्।

लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियारलाई स्थानीय लोक भाका, गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेदलगायतलाई लोकगीतका माध्यमबाट उजागर गरेको भन्दै सम्मान गरिएको हो ।

२०३७ सालमा जन्मिएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । उनले हालसम्म १३ हजारभन्दा बढी गीतमा स्वर भरेका छन्।

गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ५७ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको