लोकगायक राजु परियारलाई सम्मान « Khabarhub

लोकगायक राजु परियारलाई सम्मान


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लोकगायक राजु परियार सम्मानित भएका छन् ।

गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।

एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गरेका हुन्।

लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर भएका गायक परियारलाई स्थानीय लोक भाका, गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेदलगायतलाई लोकगीतका माध्यमबाट उजागर गरेको भन्दै सम्मान गरिएको हो ।

२०३७ सालमा जन्मिएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थालेका हुन् । उनले हालसम्म १३ हजारभन्दा बढी गीतमा स्वर भरेका छन्।

गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ५७ बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति