कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने | Khabarhub Khabarhub

कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ ।

राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुले प्रतिनिधिमुलुक भेलाले महाधिवेशनको बिषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निश्कर्ष निकालेका छन् ।

केन्द्रीय महाधिवेशन पछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैली बारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरुप हिड्ने धारणाको साथ अघि बढ्ने भएका छन् । हेटौंडामा आयोजित भेलामा पार्टीको विचार सिद्धान्त प्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टी बिरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेका छन् । उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ ।

पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ । पार्टीलाई एकताबद्ध गरेर बिचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारीले दिए । यसले राप्रपाका नेताहरु एकजुट भएर पार्टीको विधि र परिधिभित्र रहेर अघि बढ्ने संकेत दिएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिवराम थापा, प्रदेश सदस्यहरु धुर्व सन्जेल, गुन्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश ’ख’ का अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिकाका अध्यक्ष नरहरि महतलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ३० बजे

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली

भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिए 

भक्तपुर–  जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिगको अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा

पद्मकन्याको क्यान्टिन तथा छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर

काठमाडौं– काठमाडौंको बागबजार स्थित पद्मकन्या कलेजको क्यान्टिन तथा छात्रावासको भोजन