कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने « Khabarhub

कमल थापाको अभियानलाई गृहजिल्लाले साथ नदिने


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ ।

राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुले प्रतिनिधिमुलुक भेलाले महाधिवेशनको बिषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निश्कर्ष निकालेका छन् ।

केन्द्रीय महाधिवेशन पछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैली बारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरुप हिड्ने धारणाको साथ अघि बढ्ने भएका छन् । हेटौंडामा आयोजित भेलामा पार्टीको विचार सिद्धान्त प्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टी बिरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेका छन् । उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ ।

पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ । पार्टीलाई एकताबद्ध गरेर बिचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारीले दिए । यसले राप्रपाका नेताहरु एकजुट भएर पार्टीको विधि र परिधिभित्र रहेर अघि बढ्ने संकेत दिएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिवराम थापा, प्रदेश सदस्यहरु धुर्व सन्जेल, गुन्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश ’ख’ का अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिकाका अध्यक्ष नरहरि महतलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ३० बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक