किसानसँग वार्ता गरी माग पूरा गर्न नेता महतोको माग « Khabarhub

किसानसँग वार्ता गरी माग पूरा गर्न नेता महतोको माग


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।

शनिबार विज्ञप्ति जारी गरेर महतोले भनेका छन्, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गर्दछु ।’

किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको उनको ठहर छ ।

महतोले वर्षौदेखिको समस्याहरु लिएर चिसो मौसममा सडकमा उत्रिन बाध्य भएका किसानहरुको मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता पनि व्यक्त गरेका छन् ।

साथै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गरेका छन् ।

आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १२ : ५० बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन