कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो « Khabarhub

कोभिड–१९ परीक्षणको दायरा बढाउन थालियो


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ ।

भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णयानुसार वीरगञ्ज महानगरसँगै जिल्लाका अन्य पालिकालाई पनि नाकामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण सुरु गर्न थालिएको प्रजिअ ढकालले बताए ।

केन्द्रका अनुसार स्वास्थ्य कार्यालय पर्सामा रहेको जोन्सन खोपलाई आवश्यकताअनुसार सबै स्थानीय तहमा पठाउन थालिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण र जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई अतिआवश्यक कामबाहेक लामो बिदा नदिन सम्बन्धित कार्यालयलाई अनुरोधसमेत गरिएको हो । केन्द्रले कोभिडको नयाँ भेरियन्टले महामारीको जोखिम बढाउने भन्दै पूर्वतयारी तथा व्यवस्थापनका लागि केन्द्र तथा प्रदेश सरकारको कोभिड कोषबाट मास्क, स्यानिटाइजरलगायत सामग्री खरिद गरी वितरण गर्ने कामसमेत अघि बढाएको छ ।

नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ
पर्साको वीरगञ्जमा पछिल्लो समय भेटिएको कोरोना भाइरस संक्रमण (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको छ । वीरगञ्जमा परीक्षण गर्दा पोजेटिभ देखिएको २५ नमूना जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको वीरगञ्जस्थित नारायणी अस्पतालका प्रयोगशाला प्रमुख सूक्ष्म जीवविज्ञ डा प्रभाकर पाण्डेले बताए ।

जिल्लाका विभिन्न स्थानमा पछिल्लो पटक गरिएको ऐन्टिजेन परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको (ओमिक्रोन भेरियन्ट) हो वा होइन सो पत्ता लगाउन २५ नमूना जिन सिक्वेन्सिङका लागि काठमाडौँ पठाइएको हो । संक्रमण पुष्टि हुनेहरुमा अधिकाशं ३५ देखि ६० वर्ष उमेर समूहका भारतीय नागरिक रहेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १ : २० बजे

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

काठमाडौं– सरकारले जग्गा वर्गीकरणको म्याद २०८३ असार मसान्तसम्म थपे पनि

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका

कैलाली १ मा एमालेका न्यौपानेलाई नेकपा (संयुक्त) को समर्थन

टीकापुर- नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) जिल्ला समितिले कैलाली क्षेत्र नम्बर