प्रदेश–२ का सीमानाकामा कडाइ, स्थानीय तहको तयारी शून्य « Khabarhub

प्रदेश–२ का सीमानाकामा कडाइ, स्थानीय तहको तयारी शून्य


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी–कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ ।

छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमानाकामा कडाइ गरेका हुन् ।

प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडामगरले जानकारी दिए । अहिले प्रहरी कै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजिकरणमा पालिकाहरूमा हेल्प डेस्कसमेत सञ्चालन भैइरहेको छ । प्रदेश–२ को बाराबाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ ।

प्रदेश–२ का कतिपय स्थानीय तहहरूले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयको गुनासो छ ।

ओमिक्रोन भाइरसको जोखिम बढनुका साथै संक्रमितहरू समेत दैनिक वृद्धि हुनुले नेपाल पनि यसको ‘हटस्पट’ बन्न सक्ने विज्ञहरूको चिन्ता छ । डब्लुएचओले समेत सावधानी अपनाउन चेतावनी दिइरहेको बेला नेपालमा सरकारी तवरबाट रोकथामका लागि खासै योजना निर्माण हुन सकेको छैन ।

सुरक्षा निकायसँग पर्याप्त जनशक्ति भए पनि प्राविधिक कारणले प्रभावकारी परिचालन हुन नसकेको र यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले छुट्टै योजना बनाउनु पर्ने सशस्त्र प्रहरी बलका अधिकारीहरूको सुझाव छ ।

अहिले हरेक जिल्लामा प्रहरीले नै मास्क र खोप अभियानलाईसमेत तीव्र बनाइरहेको छ । प्रहरी कै पुरानो अभियानअन्तर्गत मास्क खै ? र खोप लगाउनु भयो ? भन्ने अभियान चलाइरहेका छन् ।

सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाका प्रदेश–२ मै छन् । आठ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमीटर मोटरबाटो र करिब पाँच सय ५७ ठाउँका गल्लीवाट नेपाल–भारत आवतजावत हुन्छ ।

यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भए पनि सम्बन्धित निकायवाट बेवास्ता हुनुलाई सर्वसाधारणले संसयपूर्ण ढङ्गले हेरेका छन् ।

प्रमुख जिल्ला अधिकारीले पनि यी विषयमा खासै योजना बनाउन नसकेको स्थानीयको आरोप छ । यद्यपि, आइतवार बैठक बसेर नयाँ योजना बनाउने सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भनाइ छ । महोत्तरीस्थित प्रमुख जिल्ला अधिकारी बासुदेव बरालले महोत्तरीसहित प्रदेश–२ का जिल्लामा खुला सीमाका कारण सजगता अपनाउनु पर्ने बाध्यता रहेको बताए । आइतबार सबै निकायहरूसँग बैठक बसेर रोकथाम तथा न्यूनीकरणका लागि योजना बनाउने उनले जानकारी दिए । प्रदेश–२ अन्तर्गतका जिल्लाका खुला सीमाना तथा भन्सारमा मात्र कडाइ गरे कोरोना भाइरसको जोखिमलाई केही हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  २ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना