काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २०३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – २५ ११–२० वर्ष –६३ २१–३० वर्ष – २०३ ३१–४० वर्ष – १७४ ४१–५० वर्ष – ९७ ५१–६० वर्ष – ७४ ६१–७० वर्ष –३८ ७१–८० वर्ष – १६ ८० वर्षभन्दा माथि– ६ अज्ञात– ०