संविधानमाथि पटक पटक आक्रमण भयो : पूर्वराष्ट्रपति यादव « Khabarhub

संविधानमाथि पटक पटक आक्रमण भयो : पूर्वराष्ट्रपति यादव


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद, न्यायलयलगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ नामको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक पटक आक्रमण भएको र संसद, न्यायलय लगाएतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए।

उनले दुई पटक संसद बिघटन गरेर संविधानमाथि आक्रमण भएको र पाँच राजनीतिक दल, नागरिक समाज र अदालतले संविधान जोगाएको उल्लेख गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई मजबुद बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेतृत्वमा पुग्नेले सत्ता दुरुपयोग गर्ने प्रवृति अन्त्य नभएसम्म मुलुकको बिकास हुन नसक्ने बताए। निरंकुश नेतृत्वलाई अन्त्य गर्न जनतामा चेतना आवश्यक रहेको उनको भनाइ छ । उनले मुलुकको तीन खम्वे अर्थनीतिलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा पनि रखे।

चन्द्रदेव जोशीद्वारा लिखित उक्त पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ६ : ५८ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन