गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित « Khabarhub

गुल्मी एमाले अध्यक्षमा काउछा र सचिवमा श्रीपाली सर्वसम्मत निर्वाचित


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य रहेका थिए । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गरेका छन् ।

उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्री आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिए । अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुङो लागेको एमाले नेता ओम कार्कीले जानकारी दिए । उपाध्यक्ष र उपसचिवसहित केही सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको कार्कीले बताए । ११औं जिल्ला अधिवेशनको लागि सात सय १० प्रतिनिधि रहेका छन् ।

प्रदीप ज्ञवाली र गोकर्ण विष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिएका छन् । मौसम प्रतिकुल र नेतृत्व सर्वसम्मत टुङ्गो लाग्न थालेपछि प्रतिनिधि घर फर्किन थालेका छन् ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ५० बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन