महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार « Khabarhub

महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिबासस्थित पाटुमा गरिब, विपन्न र निम्न आय भएका सर्वसाधारणले न्यानो कम्बल उपहार पाएका छन् ।

स्थानीय समाजसेवी अर्जुन ढुंगेलको सक्रियतामा शनिबार पाटुका १५ घरपरिवारले न्यानो डस्ना तथा ओढ्ने कम्बल पाएका हुन् ।

चिसोको कारण समस्यामा परेको थाहा पाएपछि थोरै भए पनि राहत होस भन्ने उद्देश्यले कम्बल किनेर दिएको समाजसेवी ढुङ्गेलले बताए ।

मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका १५ घर परिवारले कम्बल पाएपछि निक्कै खुसी व्यक्त गरेका छन् । ‘सरकारले महसुस गर्न नसकेको आफूहरूको समस्या एउटा व्यक्तिले बुझिदिँदा ठूलो राहत महसुस गरेका छौं,’ उनीहरूले भने ।

लामो समयदेखि समाजसेवामा लागि परेका ढुङ्गेल यसभन्दा अगाडि पनि विपन्न समुदायको सारथी बन्दै आएका छन् ।

पाटुमा नै विगत एक दशकदेखि असहाय र गरिब बालबालिकालाई अतिरिक्त पढाइ गराउन निःशुल्क अतिरिक्त कक्षाहरू ढुङ्गेलले सञ्चालन गरिरहेका छन् ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : ५० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र