२०७८ माघ २५ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

२०७८ माघ २५ गते मंगलबारको राशिफल


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७८ माघ २५ गते मंगलबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश :

मेष : आजको दिन सामान्य रहेपनि आर्थिक क्षेत्र राम्रो रहेको छ। पुराना लगानी भए उठ्ने सम्भावनाछ।प्रयास भने आफैले गर्नुपर्नेछ। शैक्षिक क्षेत्रमा ढिलासुस्ती, आलश्य बढ्नेछ। विद्याको क्षेत्रमा गरेको लगानी आयस्तामुलक छैन। सोचेर मात्र हात बढाउनुहोला। राजनीतिक, सामाजिक क्षेत्र सामान्य रहेपनि वैदेशिक क्षेत्रमा भने लगानीबाट सन्तोष मिल्नेछ।

वृृष : आजको दिन कर्म क्षेत्रमा गुरु बृहस्पतिले भ्रमण गर्दैगर्दा तपाईंले आफ्नो ऐच्छिक कर्मभूमीमा गरेको लगानीबाट उल्लेखनीय आम्दानी हुने योग छ। लगानी गर्न पछि नपर्नुहोला। राजनीतिक, सामाजिक क्षेत्र सामान्य रहेपनि शैक्षिक क्षेत्रमा निकै राम्रो छ। उत्साह लिएर काम गर्नुहोला।

मिथुन :आजको दिन राम्रो रहेको छ। पुराना व्यक्ति अर्थात् साथीसँगको सम्पर्क भेटले मनमा उल्लासमय बनाउने छ। नयाँ योजनाको थालनी गर्नुहोला। शिक्षार स्वास्थ्यको क्षेत्रमा सामान्य रहेपनि सामाजिक, राजनीतिक क्षेत्रमा भने धेरै मानिसको साथ पाउनुहुनेछ। तपाईको तर्कशास्त्रले राम्रो भूमिका खेल्नेछ।

कर्कट : आजको दिन राम्रो छैन। विद्याको क्षेत्रमा लगानी डुब्नेछ। वैदेशिक क्षेत्रमा झुटो बोलेर शब्दजालमा पार्नेले घेराबन्दीमा पार्नेछन्। आफू सतर्कता रहनुहोला। राजनीतिमा भने तपाईको योजनाले काम गर्न सक्नेछ। आफू अडिन सिक्नुहोला। आफ्नो काम अरुबाट मात्र सफल होला।

सिंह :आजको दिन राम्रै छ। आर्थिक क्षेत्रमा आफन्तसँग जोगिएर काम गर्नु, आफ्नै बन्धुबाट बाहेक अरुबाट नोक्सान छैन। विद्याको क्षेत्रमा गरेको लगानीले राम्रै फल पाउने योग छ। दाम्पत्य जीवन सुमधुर रहने हुँदाश्रीमान श्रीमतीले सल्लाह गरेको कामबाट सफलता हात लाग्ने योग छ।

कन्या : आजको दिन सामान्य छ। शैक्षिक, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा तपाईंले गरेको लगानीले उल्लेखनीय सफलता हात लाग्नेछन्। निर्धक्क भएर लगानी गर्नुहोला। ठूला मान्छेसँग सल्लाह लिएर मात्र अगाडि बढु्नुहोला

तुला : आजको दिन राम्रो छ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्नेछ। लगानीबाट उल्लेखनीय लाभ हुने सम्भावना छ। आर्थिक, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य रहेपनि राजनीतिक क्षेत्रमा भने तपाईका प्रतिस्पर्धी परास्त हुनेछन्। पेस गरेको ऐजेण्डाले प्रभावकारी भूमिका लिने योग छ। आफ्ना भनाउँदा रुष्ट रहेपनि निर्भिक भएर अघि बड्नुहोला।

वृश्चिक : आजको दिन सामान्य रहेको छ। आफ्नै बोलीका कारणले घाटा हुनसक्छ। राम्रो बोलेपनि नराम्रो सुन्नेहरुले मौका पाउनेछन्। बोल्दा सोचेर मात्र बोल्नुहोला। सामाजिक, आर्थिक क्षेत्रमा सामान्य रहेपनि वैदेशिक क्षेत्रमा गरेको लगानी नोक्सान नहुने योग छ।

धनु : दिन राम्रो छ। बोलीको प्रभावले गर्दा आर्थिक क्षेत्रमा गरेको व्यापार, व्यवसायले आम्दानी दिने योग छ। लगानीमा अघि बढ्नुहोला। विद्याको क्षेत्रमा सम्भव रहेको दिन भएकाले लगानी गर्न आँट गर्नुहोला। पठनपाठनमा जोश जाँगर हुनाले नतिजा राम्रो छ। वैदेशिक लगानी नफसेपनि राजनीतिक क्षेत्रमा सोचेर मात्र अघिबढ्नुहोला। खुट्टा तान्नेहरु धेरै छन्। सतर्क रहनुहोला।

मकर : दिन ठिकै छ। आर्थिक क्षेत्र सबल रहेको छ। सामाजिक र राजनीतिक क्षेत्रमा उदय हुनुभयो भने सफलता पाउने योग छ। कडा रुपमा प्रस्तुत हुनुहोला। शिक्षा, स्वास्थ्यको क्षेत्रमा सामान्य रहेपनि पराक्रमको क्षेत्रमा प्रशंसा पाउने योग छ। परोपकार गरेर पराक्रम देखाउनुहोला।

कुम्भ : आजको दिन धेरै राम्रो छ। गुरुले कुम्भ राशिमा भ्रमण गर्दै गर्दा तपाईले सद्बुद्धि प्राप्त गर्न कतै जानुपर्दैन। आफैमा काफी छ। विद्याकी देवी सरस्वतीको स्मरण गर्नुहोला। आर्थिक, सामाजिक क्षेत्रमा सामान्य रहेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीले सार्थकता पाउने सम्भावना छ। दाजुभाइसँग आफै जोगिने काम गर्नुहोला। अन्य क्षेत्रमा चिन्ता गर्नु पर्दैन।

मिन : दिन सामान्य छ। आफन्तबाट राम्रो सहयोग पाउने योग छ। विद्याको क्षेत्रमा गरेको लगानी डुब्ने सम्भावना छ। राजनीतिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रशंसा प्राप्त होला। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो नतिजा देखाउनेछ। लगानी गरेका प्रतिफल राम्रो छ। आँट गर्नुहोला।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ५ : १५ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र