यस्तो छ तीन दिनको मौसम पूर्वानुमान « Khabarhub

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार दिउँसो प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको सामान्य प्रभावले आज प्रदेश १ को एकदुई ठाउँमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर अन्य प्रदेशमा आंशिक बदली हुनेछ ।

यस्तै राति देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

पश्चिमी वायुकै प्रभावले अहिले पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर तराईका केही भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

बुधबार दिउँसो भने कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

राति कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ को पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

बिहीबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । राति प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

देशका तराई भूभागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ११ बजे

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम