यस्तो छ तीन दिनको मौसम पूर्वानुमान « Khabarhub

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार दिउँसो प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको सामान्य प्रभावले आज प्रदेश १ को एकदुई ठाउँमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएर अन्य प्रदेशमा आंशिक बदली हुनेछ ।

यस्तै राति देशका पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

पश्चिमी वायुकै प्रभावले अहिले पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएर तराईका केही भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

बुधबार दिउँसो भने कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी, गण्डकी तथा प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

राति कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश १ का पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश १ को पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

बिहीबार दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । राति प्रदेश १ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

देशका तराई भूभागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ११ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र