अवरुद्ध मेची राजमार्ग खुल्यो « Khabarhub

अवरुद्ध मेची राजमार्ग खुल्यो


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो ।

मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ । पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको छ ।

तत्कालका लागि मालवाहक सवारी एकतर्फीरूपमा मात्र सञ्चालन हुने गरी सडक निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जोखिम कायमै रहेकाले दिउँसो मात्र सञ्चालन गर्न सहज हुने छ ।

मेची राजमार्गमा पहिराका कारण सडक झरेपछि ताप्लेजुङ, पाँचथरलगायतबाट इलाम हुँदै झापा तथा काठमाडौँसम्म सञ्चालन हुने साना तथा ठूला सवारी इलाम बजार भएर नै गुड्ने गरेका थिए । अब भने इलाम बजारको जामसमेत हट्ने भएको छ ।

करिब तीन महिनायता ठेक्का लागेर निर्माणाधीन पक्की सडक भने सम्पन्न हुन अझै केही समय लाग्ने भएको छ ।

सडक मर्मतको काम डिभिजन सडक कार्यालय इलामले गरिरहेको छ । मर्मतका लागि मेची राजमार्गमा पक्की पुल नै निर्माण हुने भएकाले समय लाग्ने बताइएको छ ।

गत असोज १६ गतेदेखि सडकमा पहिरो खस्न सुरु भएपछि अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि साना सवारी इलाम बजार भएर एकतर्फीरूपमा चल्दै आएका थिए ।

ठूला मालवाहक सवारी भने रातको समयमा मात्र गुड्ने गरेका थिए । पाँचथर, ताप्लेजुङलगायत जिल्लाका उत्तरी र पश्चिमी क्षेत्रबाट आएका ठूला सवारी धोबीधारा, झापा र सुनसरीलगायतबाट आएका ठूला सवारी जिरोकिलोमा पार्किङ गरी राखेर रातको समयमा ओहोरदोहोर गरिँदै आइएको थियो । रासस

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : १० बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल