अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी | Khabarhub Khabarhub

अम्बानीलाई पछि पार्दै एसियाको धनी बने गौतम अडानी


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– अडानी ग्रुपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हासिल गरेका हुन् ।

ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानको नेटवर्थ ८८।५ अर्ब डलर पुगेको छ । उता अम्बानीको नेटवर्थ भने ८७।९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसकेका थिए ।

ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १०औं नम्बरमा राखेको छ । उनले पहिलोपटक यो उपलब्धि हासिल गरेका हुन् । अब अम्बानीको नम्बर ११ मा पुगेको छ ।

यो वर्षको कमाइमा अडानीले सबैलाई उछिने । उनको नेटवर्थमा १२ अर्ब डलर बढोत्तरी भयो । अम्बानीको नेटवर्थमा भने २।०७ अर्ब डलर गिरावट आएको छ ।

कमोडिटी बिजनेसबाट प्रवेश गरेका अडानी
व्यवसायको दुनियाँमा गौतम अडानीले कमोडिटी बिजनेसबाट प्रवेश गरेका थिए । अहिले उनको बिजनेस पोर्ट्स, माइन्स, ग्रिन एनर्जीसमेत थुप्रै क्षेत्रमा लगानी छ ।

उनका केही कम्पनीको सेयरमा पछिल्ला दुई वर्षमा ६०० प्रतिशत उछाल आएको थियो । पछिल्ला तीन वर्षमा भारतका सात विमानस्थलको परिचालन उनको हातमा परेको थियो । उनको समूह भारतीय निजी क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल अपरेटर, पावर जेनेरेटर तथा सिटी ग्यास रिटेलर बनेको छ ।

२०२० को पूर्वाद्र्धदेखि अडानी ग्रिन तथा अडानी टोटल ग्यासको सेयरमा हजार प्रतिशतभन्दा बढी उछाल आएको थियो । यसै क्रममा अडानी इन्टरप्राइजेज लिमिटेडमा ७३० प्रतिशत, अडानी ट्रान्समिसनमा ५०० प्रतिशत र अडानी पोर्ट्समा ९५ प्रतिशतभन्दा अधिक वृद्धि भएको थियो ।

साथै, बेन्चमार्क बीएसई इन्डेक्समा ४० प्रतिशत वृद्धि भएको थियो । सोमबार अन्य कम्पनीका सेयरमा तीव्र गिरावट आउँदा पनि अडानी ग्रिन र अडानी टोटल ग्यासको सेयरमा भारी वृद्धि भएको थियो ।

उता, फेसबुक (अहिले मेटा प्लेटफम्र्स)का सीईओ मार्क जुकरबर्ग धनीको सूचीबाट तल ओर्लेर १३औं नम्बरमा खुम्चिएका छन् । सोमबार उनको नेटवर्थमा ४।३७ अर्ब डलर गिरावट आयो । अब उनको नेटवर्थ ८५।० अर्ब डलरमा खुम्चिन पुगेको छ ।

यो सूचीमा टेस्लाका सीईओ एलन मस्क २३५ अर्ब डलरसहित पहिलो नम्बरमै टिक्न सफल छन् । अमेजोनका जेफ बेजोस दोस्रो र फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नोल्ट तेस्रो अनि माइक्रोसफ्टका बिल गेट्स चौथो नम्बरमा छन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ४५ बजे

गण्डकी प्रदेश सरकारको बजेट पारित

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट प्रदेशसभाबाट

शिक्षा समितिले जुटायो विद्यालय शिक्षा विधेयकका विवादित विषयमा सहमति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

माधव नेपाल जस्ता स्वच्छ छविका नेतालाई भ्रष्टाचार मुद्दामा फसाउन खोजियो

काठमाडौं- प्रतिपक्षी नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई षड्यन्त्रपूर्वक

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

काठमाडौं– निर्वाचन आयोगले विभिन्न तहमा रिक्त भएका पदको पूर्तिका लागि

कोशी प्रदेशसभा : विनियोजन विधेयक बहुमतले पारित

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को