मिडियामा प्रतिवेदन सार्वजनिक भएकोमा एनआरएनएको आपत्ति « Khabarhub

मिडियामा प्रतिवेदन सार्वजनिक भएकोमा एनआरएनएको आपत्ति


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो एक प्रतिवेदन छलफल गर्नुपूर्व नै मिडियामा सार्वजनिक भएकोमा आपत्ति जनाएको छ ।

एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद्को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि छानबिनसहित सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरेको थियो ।

सोही समिति मातहतको तीन सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाव सहितको प्रतिवेदन यही फेब्रुअरी ४ मा उच्चस्तरीय समितिमा पठाएको थियो ।

प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपूर्व नै मिडियामा आएपछि एनआरएनएले आपत्ति जनाएको हो ।

‘यति संवदेनशील विषय छलफल पूर्व नै बाहिरिएको र त्यसमाथि अनावश्यक टीकाटिप्पणी भइरहेको प्रति यस उच्चस्तरीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ एनआरएनएद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर
प्रश्न उठ्नुका साथै उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको छ ।’

एनआरएनएले अब संघको गोपनियता भंग हुने गरी कुनै पनि किसिमका गतिविधि नगर्न÷नगराउन सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ०० बजे

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा