क्यानडापछि खोपको विरोधमा न्युजिल्यान्डमा पनि ट्रक चालकहरुको प्रदर्शन « Khabarhub

क्यानडापछि खोपको विरोधमा न्युजिल्यान्डमा पनि ट्रक चालकहरुको प्रदर्शन


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङटन– सरकारले ल्याएको कोभिड प्रतिबन्ध र खोपको विरोधमा ट्रकसहित विभिन्न स्थानबाट आएका ट्रक चालकहरु र अभियानकर्ताहरुले मंगलबार राजधानी वेलिङटनको संसद घेरा हालेका छन् । क्यानडामा ट्रक चालकहरुले एक सातादेखि यस्तै प्रदर्शन गर्दै आएका छन् ।

‘हाम्रो स्वतन्त्रता फिर्ता देऊ’, ‘बाध्यता सहमति होइन,’ लेखेका पोस्टर बोकेर सयौं ट्रकहरुलाई सडकमा जथाभावी रोकाएर चालकहरुले संसद भवन घेरा हालेका छन् ।

निरन्तर हर्न बजाएर चालकहरु सहरका केन्द्र प्रवेश गरेका थिए । हजारभन्दा बढी प्रदर्शनकारी पैदलै हिडेर सरकारविरुद्ध नारा लगाएका छन् । आफ्ना अधिकार थिचोमिचो भएको विषयमा प्रदर्शनकारीले चासो देखाएको वेलिङटनका स्टु मेनले बताए ।

‘मैले वास्तवमा खोप लगाएको छु । तर, सबै मानिसहरुले अनिवार्य खोप लगाउनुपर्ने सरकारी प्रावधानको विरोध गर्छु,’ उनले भने ।

‘इच्छा नभएका व्यक्तिलाई जबरजस्ती खोप लगाउन खोज्नु अपमानजनक हो’ उनले भने ।

प्रदर्शन शान्तपूर्ण रहेको र कोही पनि पक्राउ नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ । अधिकांशले सरकारको खोप कार्यक्रमलाई सहयोग गरेकोले ट्रक चालकहरुको समूहसँग वार्ता नगर्ने प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बताएकी छिन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : १५ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार