अमेरिका र ताइवानद्वारा १० करोड डलरको मिसाइल सम्झौता « Khabarhub

अमेरिका र ताइवानद्वारा १० करोड डलरको मिसाइल सम्झौता


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिका र ताइवानबीच करिब १० करोड डलरबराबरको मिसाइल सम्झौतालाई राष्ट्रपति जो बाइडेन प्रशासनले स्वीकृति दिएको छ । यो मिसाइल सम्झौताका मुख्य उद्देश्य चीनको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै ताइवानको मिसाइल रक्षा प्रणाली मजबुत पार्नु रहेको छ ।

अमेरिकी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मिसाइल सम्झौतालाई स्वीकृति दिइएको जानकारी दिएको हो । चीनको बेइजिङमा यतिखेर शीतकालीन ओलम्पिक खेल आयोजना गरिँदै छ । र, यही कारण त्यहाँ राष्ट्रवादी भावना चरम विन्दुमा पुगेको बताइन्छ ।

कतिपय रक्षा विश्लेषकहरूका अनुसार, चीनले ओलम्पिक समापनलगत्तै ताइवानमाथि आफ्नो कडा व्यवहार देखाउने छ । चीनले ताइवान आफ्नो हिस्सा रहेको बताउँदै आएको छ । उसले ताइवानलाई आफ्नो अधिकार क्षेत्रभित्र पार्ने सम्भावनालाई कसैले नकार्न सक्दैन । हालै थुप्रैपटक चिनियाँ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा अनधिकृत उडान भरेको छ ।

यही कारण पनि ताइवानले अमेरिकासँग मिसाइल सहयोग मागेको थियो । दुई देशबीचको नयाँ सम्झौताले ताइवानको मौजुदा वायु रक्षा मिसाइल प्रणाली उन्नत बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सरकारले उक्त सम्झौता स्वीकृत गरेकोमा ताइवानको रक्षा मन्त्रालयले धन्यवाद भनेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  २ : ३० बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय