‘भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख सात हजार गुलाबको फूल ल्याइदै « Khabarhub

‘भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख सात हजार गुलाबको फूल ल्याइदै


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाबको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘एक करोड रुपैयाँको गुलाव भारतबाट ल्याउँछौ ।’

‘भ्यालेनटाइन डे’ पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउने गरेका छन् । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।

भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलावको फूल दिने प्रचलन रहेको छ । सोहीकारण उक्त दिन गुलावको फूलको माग बढी हुने गर्छ । नेपालमा पनि अन्य दिनको तुलनामा भ्यालेनटाइन डेको दिन गुलावको फूलको माग १३ गुणा बढी हुने गरेको छ ।

फानका अध्यक्ष तामाङका अनुसार आउँदो ’भ्यालेनटाइन डे’मा नेपालमा दुई लाख ३० हजार गुलावको फूल बिक्री हुने अनुमान छ । जसमध्ये १० प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाव र बाँकी ९० प्रतिशत भारतबाट ल्याइने गुलावले धान्ने तामाङले बताए ।

यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको २३ हजार थान गुलावको फूल बजारमा आउने छ ।

गत वर्षको भ्यालेनटाइन डेमा एक लाख ८० हजार थान गुलावको फूल बिक्री भएको थियो । यस वर्ष गुलावको माग र बिक्री बढ्ने अनुमान गरिएको छ । ‘कोरोना संक्रमण दर घट्दै गएको छ । बजार पनि खुल्दै गएका छन् । यसकारण यस वर्षको भ्यालेनटाइ डेमा गत वर्षको भन्दा बढी गुलावको माग हुने हाम्रो अनुमान हो,’ फानका अध्यक्ष तामाङले भने ।

सामान्य बेला नेपालमा दैनिक आठ हजार देखि १० हजार थानसम्म गुलावको फुल बिक्री हुने गर्छ । भ्यालेनटाइन डेको दिन भने गुलावको बिक्री निकै बढी हुने गर्छ । भ्यालेनटाइन डेलाई लक्षित गरी भारतबाट गुलावको फूल ल्याउने कार्य सुरु भइसकेको उनले जनाए ।

नेपाल नौ महिना गुलाबमा आत्मनिर्भर
फानका अध्यक्ष तामाङका अनुसार वर्षमा नौ महिना नेपाल गुलावको फुलमा आत्मनिर्भर रहँदै आएको छ । चैतदेखि मंसिरसम्म गुलावको फूल भारतबाट आयात गर्नु पर्दैन । नौ महिना नेपाली बजारको मागलाई नेपालमै उत्पादिन गुलावले धान्दै आएको छ । ‘नौ महिना गुलावमा हामी आत्मनिर्भर छौं,’ तामाङले भने, ‘बाँकी महिना पनि हामी आत्मनिर्भर बन्न सक्थ्यौं तर कोरोना महामारीले गर्दा हुन सकेका छैनौं ।’

चिसो मौसममा गुलावको फूल कम मात्रामा फुल्ने गर्छ । पुसदेखि फागुनसम्म नेपालमा सबैभन्दा बढी चिसो हुनेगर्छ । यसैकारण यी महिनामा त्यसै पनि गुलावको फूल कम उत्पादन हुन्छ । ‘कोरोना महामारीको बेला लकडाउन भयो । लकडाउनमा गुलाव व्यवसायीलाई फार्मसम्म आवतजावत गर्न दिइएन । जसका कारण नयाँ बिरुवाहरू मरे र उत्पादन घट्यो । दुई वर्षदेखि पुरानै बिरुवाले धानिरहेको छ । कोरोनाका कारण थप लगानी पनि हुन सकेको छैन,’ पूर्ण रुपमा आत्मनिर्भर हुन नसक्नुको कारण अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : ३० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर