‘भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख सात हजार गुलाबको फूल ल्याइदै | Khabarhub Khabarhub

‘भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख सात हजार गुलाबको फूल ल्याइदै


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाबको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘एक करोड रुपैयाँको गुलाव भारतबाट ल्याउँछौ ।’

‘भ्यालेनटाइन डे’ पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउने गरेका छन् । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।

भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलावको फूल दिने प्रचलन रहेको छ । सोहीकारण उक्त दिन गुलावको फूलको माग बढी हुने गर्छ । नेपालमा पनि अन्य दिनको तुलनामा भ्यालेनटाइन डेको दिन गुलावको फूलको माग १३ गुणा बढी हुने गरेको छ ।

फानका अध्यक्ष तामाङका अनुसार आउँदो ’भ्यालेनटाइन डे’मा नेपालमा दुई लाख ३० हजार गुलावको फूल बिक्री हुने अनुमान छ । जसमध्ये १० प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाव र बाँकी ९० प्रतिशत भारतबाट ल्याइने गुलावले धान्ने तामाङले बताए ।

यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको २३ हजार थान गुलावको फूल बजारमा आउने छ ।

गत वर्षको भ्यालेनटाइन डेमा एक लाख ८० हजार थान गुलावको फूल बिक्री भएको थियो । यस वर्ष गुलावको माग र बिक्री बढ्ने अनुमान गरिएको छ । ‘कोरोना संक्रमण दर घट्दै गएको छ । बजार पनि खुल्दै गएका छन् । यसकारण यस वर्षको भ्यालेनटाइ डेमा गत वर्षको भन्दा बढी गुलावको माग हुने हाम्रो अनुमान हो,’ फानका अध्यक्ष तामाङले भने ।

सामान्य बेला नेपालमा दैनिक आठ हजार देखि १० हजार थानसम्म गुलावको फुल बिक्री हुने गर्छ । भ्यालेनटाइन डेको दिन भने गुलावको बिक्री निकै बढी हुने गर्छ । भ्यालेनटाइन डेलाई लक्षित गरी भारतबाट गुलावको फूल ल्याउने कार्य सुरु भइसकेको उनले जनाए ।

नेपाल नौ महिना गुलाबमा आत्मनिर्भर
फानका अध्यक्ष तामाङका अनुसार वर्षमा नौ महिना नेपाल गुलावको फुलमा आत्मनिर्भर रहँदै आएको छ । चैतदेखि मंसिरसम्म गुलावको फूल भारतबाट आयात गर्नु पर्दैन । नौ महिना नेपाली बजारको मागलाई नेपालमै उत्पादिन गुलावले धान्दै आएको छ । ‘नौ महिना गुलावमा हामी आत्मनिर्भर छौं,’ तामाङले भने, ‘बाँकी महिना पनि हामी आत्मनिर्भर बन्न सक्थ्यौं तर कोरोना महामारीले गर्दा हुन सकेका छैनौं ।’

चिसो मौसममा गुलावको फूल कम मात्रामा फुल्ने गर्छ । पुसदेखि फागुनसम्म नेपालमा सबैभन्दा बढी चिसो हुनेगर्छ । यसैकारण यी महिनामा त्यसै पनि गुलावको फूल कम उत्पादन हुन्छ । ‘कोरोना महामारीको बेला लकडाउन भयो । लकडाउनमा गुलाव व्यवसायीलाई फार्मसम्म आवतजावत गर्न दिइएन । जसका कारण नयाँ बिरुवाहरू मरे र उत्पादन घट्यो । दुई वर्षदेखि पुरानै बिरुवाले धानिरहेको छ । कोरोनाका कारण थप लगानी पनि हुन सकेको छैन,’ पूर्ण रुपमा आत्मनिर्भर हुन नसक्नुको कारण अध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ३ : ३० बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण