काठमाडौँ– प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) बस्दैछ । बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।
बैठकअघि भोलिका लागि सम्भावित कार्यक्रमहरू समेत तय गरिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पेस गर्ने कार्यक्रम गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने संसद् अवरोध जारी राख्ने भएको छ । गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् खोल्ने विषयमा एमालेको नीति परिवर्तन नभएको बताए ।
प्रतिक्रिया