इरानको बालिका स्कुलमा नरसंहार, ट्रम्प भन्छन्- आक्रमणबारे धेरै जानकारी छैन « Khabarhub

इरानको बालिका स्कुलमा नरसंहार, ट्रम्प भन्छन्- आक्रमणबारे धेरै जानकारी छैन


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक विद्यालयमाथि टमाहक क्रुज मिसाइल प्रयोग गरेर भएको भनिएको आक्रमणबारे आफूलाई धेरै जानकारी नभएको बताएका छन्।

उनले यस विषयमा अनुसन्धान भइरहेको बताए। यो घटना फेब्रुअरी २८ मा इरानको दक्षिणी सहर मिनाबमा रहेको एक गर्ल्स स्कुलनजिक भएको विस्फोटसँग सम्बन्धित छ।

त्यस दिन विद्यालय नजिक शक्तिशाली विस्फोट भएको थियो। इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा १५० भन्दा बढी मानिसको मृत्यु भएको छ।

जसमा धेरै बालबालिका पनि रहेका छन्। इरानले यसको जिम्मेवार अमेरिका र इजरायललाई ठहर गरेको छ। तर अमेरिकाले यी आरोप अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

ट्रम्पले टमाहक मिसाइल अत्यन्त शक्तिशाली हतियार भएको र यसलाई अमेरिका मात्र होइन, अन्य केही देशहरूले पनि प्रयोग गर्ने बताए। उनले इरानसँग पनि यस्ता मिसाइल हुन सक्ने सम्भावना रहेको भन्दै अहिले नै निश्चित रूपमा केही भन्न नसकिने बताए।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ४ : ०० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग