नारी दिवसको सान्दर्भिकता | Khabarhub Khabarhub

नारी दिवसको सान्दर्भिकता



पृष्ठभूमि
मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस, नारी आन्दोलको झल्को दिने दिन, नारी अधिकारको खोजीको दिन र अन्तराष्ट्रियस्तरमै ध्यानाकर्षण गर्ने उद्देश्यले सगरमाथाको आधार शिविरमा यसपालि महिला दिवस मनाइदै छ। यसका लागि काठमाडौँदेखि कालापत्थरसम्म पदयात्रा पनि सुरु भइसकेको छ। जलवायु परिवर्तन र महिला न्यायका लागि यसो गरिएको भनिएको छ।

राजनीतिक परिवेश
नेपालको संविधानले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतको सुनिश्चित गरेको छ। अर्थात् संघीय एवं प्रदेश संसदमा एक तिहाइको परिकल्पना गरेको छ। ठूला पद राष्ट्रपति, प्रधान न्यायाधीशसम्म महिला भएकै हुन्। स्थानीय तहमा झण्डै ४१ प्रतिशत महिला नै छन्। पार्टीले पालिकाका लागि प्रमुख वा उपप्रमुखको उम्मेदवारी दिँदा १ महिला नै हुनु पर्ने प्रावधान छ।

निजामती सेवाको ४५ प्रतिशत आरक्षणमा ३३ प्र्रतिशत महिलाकै लागि छुट्याइएको छ। स्थानीय तहमा संख्यात्मक परिमाण उच्च छ नारीहरुको। तर, सार्थक र नेतृत्वदायी परिमाण कम भनिएको छ। ७५३ मा १८ वटा स्थानीय पालिकामा महिला प्रमुख छन्। ६ हजार ७४३ मध्ये ६२ वडामा महिला वडा अध्यक्ष छन्।

अझ भन्नु पर्दा .संसारभरमा महिला प्रतिनिधित्व हामीकहाँ अग्रणी स्थानमा छ। प्रजातन्त्रको जननी देश बेलायत, अमेरिका, विकसित देश अष्ट्रेलिया, स्वीट्जरलेन्ड, जर्मनी, क्यानडा, नेदरलेण्डकै तुलना गर्दा पनि नेपालका नारीहरुले जनप्रतिनिधित्वका दृष्टिले अग्रणी स्थान ओगटेका छन्।

अझ भन्नु पर्दा .संसारभरमा महिला प्रतिनिधित्व हामीकहाँ अग्रणी स्थानमा छ। प्रजातन्त्रको जननी देश बेलायत, अमेरिका, विकसित देश अष्ट्रेलिया, स्वीट्जरलेन्ड, जर्मनी, क्यानडा, नेदरलेण्डकै तुलना गर्दा पनि नेपालका नारीहरुले जनप्रतिनिधित्वका दृष्टिले अग्रणी स्थान ओगटेका छन्। विश्वको १९२ देशको पछिल्लोे तथ्यांक अनुसार महिलाको प्रतिनिधित्वकै हिसाबले नेपाल ३७ औँ स्थानमा छ।

देशको संविधानले लैंगिक भेदभाव नगर्ने भन्दै समान वंशीहरु, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धित हकको व्यवस्था, राज्यमा सबै निकायमा समानुपातिक, समावेशी सिद्धान्तका आधारमा जाति, धर्म, लिंगमा कुनै भेदभाव नगर्ने भनेको छ।

अन्य नियम प्रावधान पनि धेरै छन्। घरेलु हिंसा, कसुर र सजाय ऐन २०६६, त्यसको नियमावली २०६७, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१, बोक्सी आरोप कसुर सजाय ऐन २०७२, लैंगिक हिंसा कोष सञ्चालन नियमावली २०६७, एकल महिला कोष सञ्चालन मापदण्ड २०७१, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता २०७४, मानव बेच विखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ र त्यसको नियमावली २०६५ आदि ऐन नियम कार्यान्वयनमा छन्।

निजामतीको कुरो
सरकारी कोटामा महिला समावेसिताको अध्ययन गर्दा निजामती सेवा ऐन दोस्रो संशोधन २०६४ ले महिलालाई समावेशी गराउने प्रावधान तय गरेको देखिन्छ। सो ऐनको दफा ७ (७) अनुसार निजामती सेवालाई समावेसी बनाई खुल्लाबाट पदपूर्ति हुने मध्ये ४५ प्रतिशत छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मान्दै त्यसमा महिला ३३ प्रतिशत, आदिबासी, जनजातीलाई २७ प्रतिशत, मधेसीलाई २२, दलितलाई ९, अपाङ्गलाई ५, पीछडिएका क्षेत्रलाई ४ प्रतिशत हुनेगरी प्रतिस्पर्धा गराइएको अवस्था छ।

नर संहारकारी रावण, कंस, दुस्शासन जस्ता दुष्टलाई क्षणभरमै सिध्याउन सक्ने नारीमा दैवी सत्ता हुन्छ जसलाई ठाडो नजरले कुनै दुष्टले आँखा लाउन सक्तैन ।

यसक्रममा विगत १३ वर्षमा जम्मा ७ हजार ३ सय ७० जना महिला सरकारी कोटामा पुगेको देखिन्छन्। आर्थिक वर्ष ०७६। ०७७ मा कोभिडका कारण सबैभन्दा कम संख्या ३९, सबैभन्दा बढी आर्थिक वर्ष ०७३। ०७४ मा १३८३ जना, अन्य वर्ष आर्थिक वर्ष ०७४। ०७५ मा १०८८ जना, ०७५।०७६ मा ६२५ जना, ०७२।०७३ मा ७९७ जना, ०७१। ०७२ मा ६३९ जना, ०७०। ०७१ ६२६ जना, ०६९। ०७० मा ३७२ जना, ०६८। ०६९ मा ३५२ जना, ०६७। ०६८ मा ४७१ जना, ०६६। ०६७ मा ४९५ जना, ०६५। ०६६ मा ११७ जना, ०६४। ०६५ मा ३६६ जनाले प्रवेश पाएको लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन ०७७ मा उल्लेख छ। जन गणना ०६८ मात्रै होइन २०७८ ले पनि देशमा नारी बढी भएको पुष्टि गरेको छ।

हाम्रो मान्यता
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता। यो भनाइ मनुस्मृतिकोे हो। अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताहरु खुशी रहन्छन्, न अरि नारी ! अर्थात् जसले कसैप्रति वैरभाव, शत्रुता गर्दैन र जसको कोही शत्रु हुँदैन उसको नाम नारी हो ! पुरुष दिवस मनाउने परम्परा अहिलेसम्म कतै छैन तर नारीको सम्मान गर्ने पर्व नारी दिवसलाई संसारले चिनेको छ।

सिर्जनाकी स्रोत नारी पृथ्वी हुन्, स्तुत्या छिन्, वन्दनिया र पूजनीय पनि। पूर्वीय दर्शनमा नारीलाई धरणी, धर्ती र माताको रुपमा स्वीकार गरिएको छ।

पूजा, वन्दना, आराधनामा सर्वप्रथम “त्वमेव माता” भनी सम्बोधन गरिन्छ। त्यस्तै औपचारिक सम्बोधनमा पहिले लेडिज् एण्ड..। बच्चाको पहिलो खानामा आमा, भान्साको कुशल व्यवस्थापनमा नारी, पतिको सेवा सुश्रुषामा पहिलो प्राथमिकता, पुत्र, पुत्री स्नेहमा पहिलो वात्सल्यता, दिएर मात्रै आफू अघाउने मातृवत्सला देवी स्वरुपिणी नारीको जति स्तुति गरे पनि कम हुन्छ। नारीलाई भोग्या, बजारकी खेलौना, सौन्दर्य र कामुकताको व्यापारमा राख्ने आधुनिक शैलीलाई पूर्वीय वाङ्गमयका धरोहरले चोटिलो प्रहार गरेका छन्। नर संहारकारी रावण, कंस, दुस्शासन जस्ता दुष्टहरुलाई क्षणभरमै सिध्याउन सक्ने नारीमा दैवी सत्ता हुन्छ जसलाई ठाडो नजरले कुनै दुष्टले आँखा लाउन सक्तैन।

नारीलाई भोग्या, बजारकी खेलौना, सौन्दर्य र कामुकताको व्यापारमा राख्ने आधुनिक शैलीलाई पूर्वीय वाङ्गमयका धरोहरले चोटिलो प्रहार गरेका छन् ।

महिषासुर, चण्ड, मुण्ड, रक्तवीजदेखि तमाम असत्यको विनाश गर्ने स्त्री नारी नै हुन् – द्रौपदी, सीता, अहिल्या, अरुन्धती यशोदा, देवकी, कुन्ती सवै नारी पात्र हुन् जसले पौराणिक साहित्यमा अनुपम उदाहरण पेश गरेका छन्। सृष्टिकर्ता ब्रह्माजी, पालनकर्ता श्रीविष्णु र संहारकर्ता श्रीशिव सवै नारीका उपासक थिए र नारीबाटै शक्ति एवं सामथ्र्य पाएर नै आफ्नो कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए। किल्लाको रक्षक नारीलाई सीमानाको रक्षक दुर्ग अर्थात् “दुर्गा” को रुपमा चिनिन्छ। भय, त्रास, सन्त्रास, दूर्भिक्ष रोक्ने नारी पतिव्रता धर्म पालन गर्ने नारीमा वायुको गति रोक्ने सामथ्र्य हुन्छ।

वासनापूर्तिको रुपमा ग्रहण गर्न लागेको रावणको विध्वंश गर्ने नारी सीता कंसको काल बनेर विन्ध्यवासिनीको रुपमा आएकी हुन्। छिट्फूट नारीमा “पुतना” को अंश, “होलिका” को अंश नदेखिने होइन तर समग्रमा भन्नुपर्दा स्त्री घरकी शोभा हुन्, कुटुम्बकी प्रिया हुन्, गृहस्थ धर्मकी आधारशीला हुन् र आवश्यक परेका वखत “रणचण्डिका” पनि हुन्छिन्। ब्राह्मी, वाराही, वगलामुखी, त्रिपुरादेवी, इन्द्राक्षी, वैष्णवी, कौमारी, माहेश्वरी आदि नामले चिनिने नारी भोगवती र रुपमती मात्रै होइन मायावती पनि हुन्। जुन घरमा नारीको सम्मान हुन्न, जुन समूहमा नारीको आदर हुन्न, जुन मन्दिरमा देवीको प्रसाद हुन्न – कुनै दृष्टिले पनि त्यसले सार्थकता पाउँदैन। कुलधर्मकी रक्षिका कुलदेवी नारी कन्या हुन्। पूजा गरिइन्छिन्, वधु हुन्, कुलवधु हुन्छिन्, आमा हुन्छिन् र सम्मानित सासुसमेत।

पूर्वीयदर्शन, हिन्दुपरम्पराले देखाएको नारी सम्मान सायदै अन्य संस्कृति, धर्मदर्शनले देखाएको होला। घरकी लक्ष्मी, धनकी प्रतीक, वचत तथा वानी व्यहोराका भण्डार स्रोत रहेकी एक नारीले सयौँ सन्तान, शिष्यलाई अनुशासित र मर्यादित रुपमा राख्न सिकाउछिन्। १० पुरुष शिक्षित हुन १ नारी शिक्षित हुनु जतिकै प्रतिफल समाजले प्राप्त गर्न सक्छ।

दुर्गा, सुभद्रा शाम्भवीदेखि रोहिणी भद्रा, जया, विजया सवै नारी नाम हुन्। हामीले चाहेको जीवन्त जीवन संचालनदेखि सम्पूर्ण जगत् संचालनमा नारीको हक, हित, संरक्षण गर्न सके हामीले हाम्रै सम्मान गरेको ठहर्छ।

आद्यगुरु शङ्कराचार्य दैवी नारी त्रिपुरादेवीका उपासक थिए। धर्मराज युधिष्ठिर दैवीनारी दुर्गाका उपासक थिए। सर्वेश्वर श्रीकृष्ण हराएका वखत उनको प्राप्तिका लागि बावु वसुदेवले देवीकै उपासना गरेका थिए। स्वामी रामकृष्ण परमहंस देवी कालीका उपासक थिए। स्वामी विवेकानन्द देवी नारीका उपासक थिए। जगत् संचालक नारयणकी प्रिया देवी नारीको नाम नारायणी हो। पृथ्वीमा रहेका सम्पूर्ण नदी तीर्थ क्षेत्रलाई देवी संरक्षिकाको रुपमा हेर्ने गरिन्छ। शिवकी शक्ति उमा ब्रह्माकी शक्ति सरस्वती नारी नै हुन्।

दुर्गा, सुभद्रा शाम्भवीदेखि रोहिणी भद्रा, जया, विजया सवै नारी नाम हुन्। हामीले चाहेको जीवन्त जीवन संचालनदेखि सम्पूर्ण जगत् संचालनमा नारीको हक, हित, संरक्षण गर्न सके हामीले हाम्रै सम्मान गरेको ठहर्छ।

उपसंहार
केही आधुनिक नारीको वकालत गर्नेबाट भने नारीको सम्मान र संरक्षण नभएको पाइएको छ। नारीमा भएको आधार शक्तिको पहिचान हुन बाँकी नै छ हाम्रो समाजमा। संसार हांक्ने नारी मुलुकका राष्ट्रपतिदेखि कार्यकारी प्रमुख प्रधानमन्त्रीसम्म राष्ट्रपतिसम्म पनि बनेका उदाहरण यसै संसारमा पाइएको छ। नारीलाई अवसरको आवश्यकता छ, उनीहरु आफैं योग्य छन्, योग्यता दर्शाउन आफैँ सक्दछन्। हिजोआज सूचना, संचार, आर्थिक क्षेत्र, औद्यागिक कल कारखाना, सेना, प्रहरी, क्षेत्रमा पनि नारी सहभागिताबाट उनीहरुको सामथ्र्य कम छैन भन्ने थप पुष्टि भएको छ।

नारी अस्मिताको रक्षा नारीबाट र पुरुषजातिले उनीहरुको सम्मान गर्न सके समाज सुधारका सम्भावना बढ्छन्। साच्चै नारी एउटै रथका दुई पाङ्गाझै नै हुन सक्छन्।

यो सबै पढेर हामीकहाँ महिलाको स्थान साह्रै उच्च छ भन्ने चाहिँ अर्थ लगाइहाल्नु हुँदैन। बोक्सी भनी सताइने, कम दाइजो भनी सताइने, छाउपडीको सकस, लगभग १ दिनमा ६ जनासम्म बलात्कृत हुने अवस्था, महिलाकै कारण सभामुख पदको धराप यी यस्ता घटना हामीकहाँ बग्रेल्ती छन्। आज देशमा धर्म हराएको छ।

बालिका बलात्कारमा परेका छन्। निर्मलाको घटना नसेलाउँदै बझाँगकी सम्झनाको खबरले देशमा सनसनी छाएको हो। प्रहरी सूत्रका अनुसार दिनमा ६.७ जना छोरी, बहिनीहरु बलात्कारको शिकार भएका छन्। समस्या थपिएपछि मात्र घटना बाहिर आउने हुन्, नभए घरभित्रै घटनाहरु सेलाउँछन्। प्रहरीको सूचनामा आएका केस आर्थिक वर्ष ०७५।०७६ मा २ हजार ५ सय ७० जना, आर्थिक वर्ष ०७६। ०७७ मा २ हजार ४ सय ४९ जना बलात्कारमा परेका थिए।

१० पुरुष शिक्षित हुन १ नारी शिक्षित हुनु जतिकै प्रतिफल समाजले प्राप्त गर्नसक्छ । नारी दिवसमा मात्रै होइन, सधै उनीहरुको सम्मान गर्नुपर्छ।

बर्दिया राजापुरबाट १९ वर्षीया किशोरी, बहिनीलाई नै यौन पिपासु सशस्त्र प्रहरीले जबर्जस्ती करणी गरेको घटना बाहिर आयो। दिदी, बहिनी आप्mनै हाड नातामा करणीमा पर्ने गरेका छन् भने न्यायको तराजु बोक्ने नै यौन पिपासु हुँदा समाजले बढी के आशा गर्ने ? बाबु, काका, दाजु, मामा, ससुरा, छिमेकी, नचिनेका व्यक्ति, पारपाचुके भइसकेका श्रीमान्, घर मालिक, शिक्षक, केटा साथी, आफ्नै भिनाजुबाट यौन अपेक्षा गर्दा कोही संरक्षित नभएको स्पष्ट हुन्छ।

कुरा मिलुन्जेल केही नभन्ने, जब गर्भ रहेमा, कुरा बाहिर फुस्केमा घटना बाहिर आउने गरेको पाइन्छ। मानिसले बनाएको कानुनले मात्र छेक्न नसकेरै धर्म, दर्शनले यौन बारे सिमा तोकेको हो । तर अहिले धर्म दर्शन, सामाजिक मूल्य मान्यतालाई धराशायी बनाइएको  छ ।नारी दिवसमा मात्रै होइन, सधै उनीहरुको सम्मान गर्नुपर्छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : ०८ बजे

खुला सीमाका कारण पर्साका युवा लागुऔषधको कुलतमा फस्दै

पर्सा– खुला सीमानाकाका कारण पर्साका युवाहरू लागुऔषधको कुलतमा फस्ने गरेको

रुसमा बच्चा जन्माउन नयाँ कानुन, के के छन् व्यवस्था ?

काठमाडौं– रुस सरकारले बच्चा जन्माउने नयाँ कानुन ल्याउने भएको छ

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तयार गरिँदै

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशका विभिन्न जिल्लामा

तराईका केही भूभागमा हुस्सु र कुहिरो, एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बाली लगाउने बेला किसानलाई बिउकै चिन्ता

महोत्तरी – जब नयाँ बाली लगाउने बेला भयो, किसानलाई बिको