पारिश्रमिक नदिएपछि कतारमा चार हजार श्रमिक आन्दोलित « Khabarhub

पारिश्रमिक नदिएपछि कतारमा चार हजार श्रमिक आन्दोलित


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतारमा आफूहरुले काम गरेको ४ महिनासम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपालीसहित अन्य देशका गरेर चार हजार भन्दाबढी श्रमिक आन्दोलित भएका हुन्।

कतारको विश्व कपसँग सम्बन्धित परियोजना कभर गर्ने प्रख्यात एक बिन ओम्रान ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले आफूलाई विगत चार महिनादेखि बिना पारिश्रमिक काम लगाएको भन्दै उनीहरुले सोमबार चार हजार भन्दाबढी श्रमिकले सडकमा कम्पनीविरुद्ध प्रदर्शन गरेका छन्।

उनीहरुले आफूले कम्पनी गरेको पारिश्रमिक पाउनुपर्ने भन्दा सडकमा नारा जुलुस गर्दै जबसम्म हामीले काम गरेको पारिश्रमिक पाउदैनौ तबसम्म हड्ताल जारी राख्ने भन्दै प्रदर्शन गरेको उनीहरुले बताए। यस पटक कम्पनीले पारिश्रमिक नदिए काममा नजाने उनीहरुले बताएका छन्।

आन्दोलनमा नेपालीसहित बंगलादेश, भारत, केनिया, युगान्डा, पाकिस्तान लगायतका कामदारहरु सहभागी छन्।

नारावाजी तथा आन्दोलनमा सहभागीले कम्पनीले पटक–पटक श्रमिकको श्रम शोषण गरेको हुँदा आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन्।

प्रदर्शन गर्दै उनीहरु कतारको लेवरकोटसम्म पुगेका थिए। लेवरकोट पुगेर घेरेपछि र कम्पनी र कोट बीचको छलफलपछि कम्पनीले दुई महिनाको पारिश्रमिक सोमबारै उपलब्ध गराएको एक नेपालीले बताए।

‘कम्पनीले हामीलाई चार महिनाको पारिश्रमिक दिएको थिएन’, सोमबार साँझ ती नेपालीले भने , ‘आज लेवरकोट गएर दुई महिनाको चाहिँ पारिश्रमिक लिएर आयौ। अझै दुई महिनाको पारिश्रमिक पाउनै बाँकी छ।’

६ हजार ७०० भन्दा बढी कामदार रहेको उक्त कम्पनीमा कार्यरत कामदारले विगत केही महिनादेखि नै कतारी अधिकारीलाई आफूहरुले पारिश्रमिक नपाएको जनाउदै धेरै उजुरी दिएका थिए।

कम्पनीले श्रम कानुन उल्लङ्घनको बारेमा कतारी अधिकारीलाई जानकारी गराएको र त्यसपछि उनीहरूबाट कुनै प्रतिक्रिया प्राप्त नआएपछि उनीहरु रुस्ट बनेका थिए।

कम्पनीका कामदारले गत महिना श्रम मन्त्रालय, श्रम अदालत, कतार प्रहरी र राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए तर, सुनवाई भएको थिएन् ह्युमन राइट्स वाचलाई उद्रित दोहा न्युजले लेखेको छ।

यहाँको २०१५ कानुनमा कतारले सरकारको ज्याला संरक्षण प्रणाली (डब्लु पीएस) को परिचय दिएको छ, जस अन्तर्गत कम्पनीहरुले प्रत्येक महिनाको सातौं दिनमा प्रत्यक्ष बैंक मार्फत कामदारहरुले भुक्तानी प्राप्त गर्ने सुनिश्चित गरेको छ।

यहाँको कानुन अनुसार सबै निजी क्षेत्रका श्रमिकहरुका साथै घरेलु कामदारहरुले प्रति महिना १ हजार रियाल पाउने व्यवस्था गरेको थियो। त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ।

खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने व्यवस्था छ। यो पारिश्रमिक गत वर्षको मार्चदेखि नै कार्यान्वमा आएपनि अहिलेसम्म धेरै कम्पनीले लागू नगरेको बताइएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ५८ बजे

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको पहिलो निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन

कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र

भूमिमन्त्रीको पहिलो निर्णय-समस्याग्रस्त सहकारीका विषयमा जानकार छु, समाधान गर्छु

काठमाडौं– नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पदभार

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा

बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाइलटसहित ५ यात्रु 

काठमाडौं– दोलखाबाटको ल्याप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा