सुमनले छाडे नेपाल पुलिस क्लब « Khabarhub

सुमनले छाडे नेपाल पुलिस क्लब


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए ।

‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुमनले भने । ०७३ सालबाट पुलिस जागिरे बनेका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए ।

फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर्दै मैदानमा ९३१ मिनेट (इन्जुरी समयबाहेक) बिताएका सुमन लिग जारी रहँदा विवाह बन्धनमा समेत बाँधिएका थिए । पुलिस छाडेलगत्तै उनलाई मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीलगायत टोलीले मोफसल प्रतियोगिता खेल्न प्रस्ताव गरे पनि केही समय विश्राम लिएर बस्ने सोच बनाएका बताएका छन् ।

दोस्रो संस्करणको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का लागि भने सुमन साविक विजेता काठमाडौं रेजर्समा खरिद भएका छन् । अक्सनमा बिक्री नभएका ए श्रेणीका सुमनलाई काठमाडौँले विस लिष्टमा खरिद गरेको हो । पहिलो संस्करणमा भने सुमनले बुटवल लुम्बिनीको प्रतिनिधित्व गरेका थिए ।

सुमनले राष्ट्रिय टोलीबाट भने २२ क्याप जितेका छन् । सन् २०१६ मा सुमनले बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ४८ बजे

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा