जापानले ल्यायो रुस र बेलारुसका लागि नयाँ प्रतिबन्धको प्याकेज « Khabarhub

जापानले ल्यायो रुस र बेलारुसका लागि नयाँ प्रतिबन्धको प्याकेज


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानले रुस र बेलारुसविरुद्ध अर्को चरणको प्रतिबन्धका प्याकेज सार्वजनिक गरेको छ । जापानी विदेश मन्त्रालयले युक्रेनमा जारी रुसी आक्रमणका सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापानले अरु २० रुसी र १२ बेलारूसी नागरिकहरू विरुद्ध व्यक्तिगत प्रतिबन्धहरू समेत लगाएको छ । साथै दुई थप रूसी र १२ बेलारूसी संगठनहरू विरुद्ध पनि जापानले प्रतिबन्ध लगाएको जनाइएको छ।

जापानी प्रतिबन्धको नयाँ प्याकेजमा ती देशका सशस्त्र बलहरू, कानून कार्यान्वयन गर्ने निकायहरू र खुफिया संगठनहरू सहित बेलारूसी रक्षा मन्त्रालयको लागि पनि निर्यात प्रतिबन्ध लगाइएको छ।

व्यक्तिगत प्रतिबन्धहरू विशेष गरी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभ, चेचेन नेता रमजान कादिरोभ, व्यापारी बोरिस रोटेनबर्ग र अलीशेर उस्मानोभमाथि लक्षित छ ।

जापानले रुसलाई तेल प्रशोधन गर्ने उपकरण निर्यातमा पनि प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ५५ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको