पौष्टिक आहार बाेकेको ट्रक कर्णाली राजमार्गमा झुन्डियाे (फाेटाेफिचर) « Khabarhub

पौष्टिक आहार बाेकेको ट्रक कर्णाली राजमार्गमा झुन्डियाे (फाेटाेफिचर)


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको पाैष्टिक आहार बाेकेकाे ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकाेट जिल्लाकाे शुभकालिका गाउँपालिकास्थित एस माेडमा झुण्डिएको छ । ट्रककाे ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारकाे प्रयास भइरहेकाे छ ।

गत आइतबार दिउँसो नेपालगन्जबाट आउँदै गरेको ना४ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्केकाे हाे । तर, खस्नबाट भने जोगिएको छ ।कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रककाे अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन् ।

उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको बताए । चालकको स्वास्थ्य जाँच गर्न पठाएको छ । कैलाली घर भएका चालक हरिस धामीले चलाएको उक्त ट्रकको आधा भाग सडक बाहिर निस्केकाे छ । लोड गरिएको पौष्टिक आहार सुरक्षित निकाल्न प्रहरी खटिएकाे छ ।

 

एस मोडको सडक साँघुरो भएका कारण यसअघि पनि ट्रक दुर्घटना भएको थियो । प्रहरीका अनुसार एउटा ट्रक केही बर्षअघि पनि त्यहाँबाट खसेको थियो । कर्णाली राजमार्गमा साँघुरो भएकाले जुनसुकै स्थानमा पनि दुर्घटनाको जाेखिम भएकाे सवारी चालकहरू बताउँछन् । खिडिकी ज्यूलादेखि हुल्म क्षेत्रसम्म तीन मिटर बराबरको पनि सडक नहुँदा कैयौं स्थानमा दुर्घटनाको जोखिम बढेको छ ।

कर्णाली राजमार्गका जिप चालक इन्द्रबहादुर बिष्टले भने, ‘यो राजमार्गमा चार वर्षदेखि जिप चलाउँदै आएको छु । साँघुरो सडक, धुलो र हिलोले हैरान बनाउँछ । कर्णाली राजमार्गको डुगेश्वरदेखि पालतडासम्मको क्षेत्रमा वर्षौंदेखि धुँलो र हिलोले सताइरहेको चालक डाँगीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ५८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा