पौष्टिक आहार बाेकेको ट्रक कर्णाली राजमार्गमा झुन्डियाे (फाेटाेफिचर) | Khabarhub Khabarhub

पौष्टिक आहार बाेकेको ट्रक कर्णाली राजमार्गमा झुन्डियाे (फाेटाेफिचर)


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको पाैष्टिक आहार बाेकेकाे ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकाेट जिल्लाकाे शुभकालिका गाउँपालिकास्थित एस माेडमा झुण्डिएको छ । ट्रककाे ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारकाे प्रयास भइरहेकाे छ ।

गत आइतबार दिउँसो नेपालगन्जबाट आउँदै गरेको ना४ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्केकाे हाे । तर, खस्नबाट भने जोगिएको छ ।कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रककाे अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन् ।

उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको बताए । चालकको स्वास्थ्य जाँच गर्न पठाएको छ । कैलाली घर भएका चालक हरिस धामीले चलाएको उक्त ट्रकको आधा भाग सडक बाहिर निस्केकाे छ । लोड गरिएको पौष्टिक आहार सुरक्षित निकाल्न प्रहरी खटिएकाे छ ।

 

एस मोडको सडक साँघुरो भएका कारण यसअघि पनि ट्रक दुर्घटना भएको थियो । प्रहरीका अनुसार एउटा ट्रक केही बर्षअघि पनि त्यहाँबाट खसेको थियो । कर्णाली राजमार्गमा साँघुरो भएकाले जुनसुकै स्थानमा पनि दुर्घटनाको जाेखिम भएकाे सवारी चालकहरू बताउँछन् । खिडिकी ज्यूलादेखि हुल्म क्षेत्रसम्म तीन मिटर बराबरको पनि सडक नहुँदा कैयौं स्थानमा दुर्घटनाको जोखिम बढेको छ ।

कर्णाली राजमार्गका जिप चालक इन्द्रबहादुर बिष्टले भने, ‘यो राजमार्गमा चार वर्षदेखि जिप चलाउँदै आएको छु । साँघुरो सडक, धुलो र हिलोले हैरान बनाउँछ । कर्णाली राजमार्गको डुगेश्वरदेखि पालतडासम्मको क्षेत्रमा वर्षौंदेखि धुँलो र हिलोले सताइरहेको चालक डाँगीले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  २ : ५८ बजे

एकीकृत समाजवादीको निष्कर्ष- माधव नेपालले दुवै पदबाट राजीनामा दिनुपर्दैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले भ्रष्टाचार मुद्दा खेपिरहेका अध्यक्ष माधवकुमार

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व