महिलाको हकहित र अधिकारको रक्षाका लागि राप्रपा नेपाल प्रतिबद्ध : कमल थापा « Khabarhub

महिलाको हकहित र अधिकारको रक्षाका लागि राप्रपा नेपाल प्रतिबद्ध : कमल थापा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्। 

राप्रमसं नेपालद्वारा आयोजित अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए । 

राप्रमसं नेपालका नवघोषित अध्यक्ष सुनिता कुरुम्वाङलाई बधाई दिँदै अध्यक्ष थापाले सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश विकास सम्भव छ भनेर जनतामाझ आएको पार्टी राप्रपा नेपाललाई सहयोग गर्ने सन्देश लिएर आम जनताको घरघरमा राप्रमसं नेपाल पुग्ने आशा र विश्वास व्यक्त गर्दै संगठनलाई वडा तहसम्म पुर्‍याउन नवगठित केन्द्रीय कार्य समितिलाई उनले निर्देशन दिए । 

धर्मप्रतिको आस्था र विश्वास घट्दै गएका कारण महिला हिंसा, बलात्कार जस्ता अमानवीय कृयाकलापले प्रश्रय पाएको भन्दै अध्यक्ष थापाले यसलाई सच्याएर मुलुकलाई वैदिक सनातन मूल्य र मान्यताको आधारमा हिँडाउन नेपाललाई सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र कायम गराउनुपर्छ भन्ने राप्रपा नेपालको प्रमुख मान्यता रहेको स्पष्ट पारे ।

राप्रपा नेपालका विभिन्न भातृ संगठनहरु घोषणा गर्ने क्रम चलिरहँदा आज सुनिता कुरुम्वाङको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको १०१ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भएको हो । नवगठित समितिको उपाध्यक्षमा शैलजा पाण्डे, उर्मिला अधिकारी, विणा शाक्य, धेचिन गुरुङ, विना राणा, मनमिरा श्रेष्ठ, प्रभा के.सी. र अम्बिका खतिवडा, महासचिवमा सुशिला गिरी, प्रवक्तामा सस्मिता सुवेदी, सचिवमा सरला वि.क., करुणा शाही, सकुन्तला माझी तथा सहायक कोषाध्यक्षमा उर्मिला राउत विष्ट रहेका छन् ।  

कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्षद्वय जय कमार खड्का, उद्वव पौडेल, सह महामन्त्री ममता राई, केन्द्रीय सदस्य मिरा महर्जन, राप्रविसं नेपालका अध्यक्ष कमल वम रजवार, राप्रमसंका प्रवक्ता लक्ष्मण कँडेल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का प्रथम उपाध्यक्ष आनन्द कुमार रिसाललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ६ : ५८ बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई