यात्रुको सहजताका लागि नयाँ बसपार्कभित्र होटल तथा लज « Khabarhub

यात्रुको सहजताका लागि नयाँ बसपार्कभित्र होटल तथा लज


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कमा रात्रिकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले रातिको समयमा काठमाडौँ आएका चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान तथा बस्नका लागि होटल तथा लज सञ्चालनमा ल्याएको हो ।

लोत्सेले यातायात व्यवसायीको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि विचल्ली नहोस् भन्ने उदेश्यले होटल तथा लज सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले जानकारी दिए  ।

लामो दूरीबाट आएका चालक, सहचालक तथा यात्रुलाई सहुलियत दरमा स्वास्थ्य खाना खुवाउने र सुताउन मिल्ने लक्ष्यसहित होटल तथा लज सञ्चालनमा ल्याएका हौँ, उनले भने ।

होटल सञ्चालनमा आए पनि लज भने वैशाखपछि मात्र सञ्चालनमा आउने अध्यक्ष कुँवरको भनाइ छ । होटलमा एकपटकमा २०० जनाले खाना खान मिल्ने गरी व्यवस्था गरेको लोत्सेले लजमा भने प्रत्येक दिन १०० जनासम्म सुत्न मिल्नेगरी व्यवस्था गरेको छ ।

अध्यक्ष कुँवरले चालक, सहचालक र यात्रुको सुविधाका लागि क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए । लोत्सेले पर्यटक बससमेत नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्नेगरी तयारी गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।

प्रविधिमैत्री टिकट बुकिङ काउण्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले बस टिकट खरिद तथा बुकिङका लागि क्यू आर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था समेत मिलाएको छ । नयाँ बसपार्कमा हाल एक हजार ५०० को हाराहारीमा सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्छ भने दैनिक एक हजारको हाराहारीमा सार्वजनिक यातायात देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ७ : ०८ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा