परराष्ट्रमन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट « Khabarhub

परराष्ट्रमन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग फ्रान्सेली प्रतिनिधिमण्डलले भेट गरेको छ ।

पाँचदिने नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री डा. खड्कासँग भेटवार्ता गरेको हो ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुवै पक्षले नेपाल–फ्रान्स सम्बन्धका विविध पक्ष, सहयोग र साझा हितका बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए ।

नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा आएको प्रतिनिधिमण्डलमा समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर छन् ।

आजै मन्त्री खड्कासँग नेपालका लागि जर्जियाका राजदूत अर्चिल जुलियाश्भिलीले शिष्टाचार भेट गरे ।
त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र विभिन्न बहुपक्षीय मञ्चमा भएको सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ३२ बजे

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९

पर्यटकको रोजाइमा इलामको तीनकुने पोखरी

इलाम– इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय

इजरायली प्रधानमन्त्री नेतन्याहू भन्छन्- अमेरिका-इरान युद्धविराम लेबनानमा लागू हुँदैन

काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिका र इरानबीच भएको

एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको

बाँकेको सञ्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’

बाँके– नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित सञ्जीवनी अस्पतालमा मङ्गलवारदेखि ‘आमा सुरक्षा