उपाधिका लागि नवलपुर र स्याङ्जा भिड्ने « Khabarhub

उपाधिका लागि नवलपुर र स्याङ्जा भिड्ने


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाटसुस्तापूर्व  प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा उपाधिका लागि नवलपुर र स्याङ्जाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिता  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भएको हो ।  आज भएको सेमिफाइनल खेलमा नवलपुर क्रिकेट सङ्घले नवलपरासी क्रिकेट सङ्घलाई पराजित गरेको छ । भने अर्को खेलमा स्याङ्जा क्रिकेट सङ्घले चितवन क्रिकेट सङ्घलाई पराजित गर्दै फाइनल प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा नवलपुरले नवलपरासीलाई १२१ रनले पराजित गर्‍यो । टस जितेर ब्यटिङ रोजेको नवलपुरले निर्धारित २० ओभर खेल्दै १० विकेटको क्षतिमा १८० रनको योगफल तयार पार्‍यो ।

नवलपुरको जितका लागि दीपक डुम्रेले महत्वपूर्ण अर्धशतकीय पारी खेले । उनले ४९ बलमा तीन चौका र तीन छक्कासहित ५५ रनको योगदान दिए ।

नवलपुरकै लागि कमल परियारले १३ बलमा चार चौका र चार छक्कासहित ४१ रन, रोविन तिमिल्सिनाले १० बलमा तीन चौका र तीन छक्का सहित ३० रन तथा रिजन ढकालले २८ बलमा दुई छक्कासहित २५ रनको योगदान दिएका थिए ।

१८१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नवलपरासी क्रिकेट सङ्घ १७.३ ओभरमा १० विकेट गुमाउँदै ५९ रनमा खुम्चिन पुग्यो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा चितवन क्रिकेट सङ्घलाई चार विकेटले पराजित गर्दै स्याङ्जा क्रिकेट सङ्घले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।टस जितेर ब्याटिङ रोजेको चितवनले २० ओभर खेल्दै १० विकेटको क्षतिमा १०३ रनको योगफल तयार पार्‍यो ।

नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा नवलपुर, बागलुङ, पर्वत, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद रु दुई लाखसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख ५० हजारसहित कप मेडल र प्रमाणपत्र पाउने छ । सो प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत नगदसहित कप, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए । प्रतियोगिताको फाइनल भोलि २५ गते हुनेछ । 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ३० बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल