लुम्बिनीका तीन जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी अभियान चलाइने « Khabarhub

लुम्बिनीका तीन जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी अभियान चलाइने


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान पुनः सुरु हुने भएको छ ।

दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ ।

यी जिल्लामा सरकारले फागुन २८ गतेदेखि औषधी सेवन अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य कार्यालय दाङले ११ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान संचालन गर्दै आएको छ । बाँके र कपिलवस्तुमा अझै पनि जोखिममा परेकाले बाह्रौँ पटक आम औषधी सेवन अभियान संचालन गर्नुपरेको कार्यालयको भनाइ छ । कार्यालयका प्रमुुख अंगदबहादुर शाहीले नागरिकको लापरवाही र औषधी सेवनका बारेमा गलत सूचना प्रवाहका कारण हात्तीपाइले रोग निवारणमा चुनौती देखिएको बताए ।

यस पटकबाट मानिसको उचाई अनुसार औषधी सेवन गराउने तयारी भएकाले नयाँ मोडेलमा आधारित अभियान संचालन हुने उनले बताए । टीईसी र अल्बेन्डाजोल अनिवार्य सेवन गर्नुपरे पनि यो पटकबाट आईभर मेक्टिन नामक औषधी थप गरिएको उनले बताए ।

सन् २०३० सम्म जनस्वास्थ्य समस्याका रूपमा रहन नदिने गरी अभियान अघि बढेकाले नेपालबाट रोग उन्मूलन गर्न नियमित रूपमा आम औषधी सेवन नै सबैभन्दा उत्तम विकल्प रहेको उनले बताए ।

दाङको शहरी क्षेत्रमा पर्ने पालिकाहरू तुलसीपुर र घोराही बढी जोखिममा छन् । गत वर्ष पनि ६५ प्रतिशत नागरिकले मात्रै औषधी सेवन गरेको पाइएको छ ।

यसपटक पनि दाङमा सिसहनियामा ३१४ जनामा परीक्षण गर्दा १५ जनामा तथा घोराहीको रामपुरमा ३३० जनामा परीक्षण गर्दा ११ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । यो जोखिम दर जिल्लामा ४ प्रतिशत बढी देखिएकोमा कम्तिमा २ प्रतिशतभन्दा कम गर्नु पर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताए ।

नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

सर्वेअनुसार नेपालका ६३ जिल्ला हात्तीपाइलेको जोखिममा छन् । सर्वेक्षणअनुसार ६३ जिल्लामध्ये ४८ जिल्लामा हात्तीपाइले रोग समुदायस्तरमा सङ्क्रमण नरहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत तथा हात्तीपाइले रोगका फोकल पर्सन रामकुमार महतोले दाङ, कपिलवस्तु, बाँके, कैलालीलगायतका जिल्लामा यस अघिदेखि नै समुदायस्तरमा हात्तीपाइले सक्रमण यथावत् रहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ५० बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु